काठमाडौँ, ३० असोज । साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनीषा कोइरालाले ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वती सम्मान’ साहित्यकारहरू डा. विष्णु विभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायण गोपाल सङ्गीत सम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन्। उक्त अवसरमा मनीषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन्। कला मन्दिरका संरक्षक वसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको…
गाजापट्टी, ३० असोज । इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो । अल जजीराका अनुसार पछिल्लो आधा घण्टामा स्ट्राइकले प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा २.४ मिलियन मानिस बसोबास गर्ने आवास क्षेत्रमा आक्रमण सुरु गरेको थियो। यो स्पष्ट छैन कि दक्षिणी गाजाको कुन भागमा आक्रमण भइरहेको छ । यद्धपी, यसअघि खान युनिस र रफाह क्षेत्रमा धेरै बम विस्फोट भएको खबर प्राप्त भएको थियो । अन्य दर्जनौँ घाइते पनि भएको स्रोतले जनाएको छ। यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको…
काठमाडौँ, ३० असोज । सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ । नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्तावासी नेपालको पुल प्रयोग गरेर आवतजावत गर्न पाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदी पारीको सुस्तामा उभिएर बोल्दै छु। पृष्ठभूमिमा नारायणी नदी माथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने सुस्तावासीको बाध्यता अन्त्य हुँदै छ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाइ विश्वास छ…
* नारायण ढकाल पाठशालालाई मनमौजी भट्टी बनाएर युरिया मलको लोकल ठर्रा घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै वेश्या चरित्रलाई पनि उछिनेर दलालहरूसँग बोलकबोलमा व्यस्त सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका निर्लज्ज दृश्यहरूले लाज पस्कँदै छन्। स्खलित चरित्र र विकृत मनस्थितिको बिस्कुन सुकाएर सार्वजनिक ठाउँमा मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै चोर जुवा खेलेर पाठशालामा सर्वसाधारणका घरहरूमा आतङ्क मच्चाउँदै चीरहरणको बीभत्स खेलो खेल्दै छन्। अभिशप्त बाटा घाटाहरूमा मालिकलाई पगरी गुथाउने दौडमा बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै विनाशकारी भेडे यात्राको पदचापभित्र मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै…
जेरुसलम, ३० असोज । इजरायलले प्यालेस्टाइनी गायिका दलाल अबु अमनेहलाई गिरफ्तार गरेको छ । आफ्नो परम्परागत गीतका लागि परिचित एक प्यालेस्टिनी गायिकालाई इजरायली प्रहरीले फेसबुक पोस्ट गरेको कारण पक्राउ गरेको प्यालेस्टिनी र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इजरायलकी प्यालेस्टिनी नागरिक दलाल अबु अम्नेहलाई सोमबार ‘भगवान् बाहेक कोही विजयी छैन’ भन्ने अरबी वाक्यांश पोस्ट गरेपछि नाजेरथस्थित उनको घरबाट पक्राउ गरेर लगिएको अरब ४८ आउटलेटले उनको वकिललाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । वकिल, अबीर बकरले भने कि इजरायली प्रहरीले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण र त्यसपछि इजरायलले गाजामा आक्रमण गरेपछि गत हप्ता इजरायलीहरूबाट धम्कीहरू प्राप्त गर्दै आएका अबु अम्नेहलाई…
काठमाडौँ, ३० असोज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरूले दुःख व्यक्त गरेका छन् । चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँग गरेको अन्तरक्रियामा उनीहरूले कुल समाचारको झन्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरूको मुद्रामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरूले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रसारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरूले ससाना बालबालिकाहरूको मुद्रामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका…
काठमाडौँ, ३० असोज । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदै छ। होटेल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ । यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरू बद्री केसी र रविना थापा यस पटक पनि प्रत्याशी छन्। अध्यक्षका प्रत्याशी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दाबी गरेका छन् । एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष,…
काठमाडौँ, आश्विन २९ गते । नेकपा(एमाले)का नेता भीम रावलले ट्विट गर्दै भन्छन् , 'नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोसी प्रदेशमा देखियो, यदि यही नै सङ्घीयताको मानक हो भने यस्तो सङ्घीयता देश जोगाउन खारेज गरिनु पर्छ।'
इजरायल र प्यालेष्टाइन बिचको युद्धको बारेमा नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा आश्विन २९ गते जारी गरिएको वक्तव्य ः प्यालेष्टाइन र इजरायलका बिचमा सङ्घर्षको लामो इतिहास छ । अमेरिकी मदतमा यहुदीहरूले लाखौँको सङ्ख्यामा प्यालेष्टाइनीहरुलाई देशबाट निष्कासित गरेपछि दुबैका बिचमा तनाव र युद्धको स्थिति उत्पन्न भएको छ । प्यालेष्टाइनीहरुले आफ्नो मातृभूमिमा फर्कनको लागि युद्ध गरिरहेका छन् ।केही दिन पहिले हमासले इजरायलमाथि आक्रमण गरेपछि अहिलेको युद्ध सुरु भएको हो । यो युद्धमा १० जना नेपाली विद्यार्थीहरू लगायत विभिन्न मुलुकका नागरिकको पनि हत्या गरिएको थियो र ठुलो सङ्ख्यामा इजरायलका जनतालाई हत्या गरिएको थियो वा उनीहरूलाई अपहरण गरेर बन्धक बनाइएको छ । जुनसुकै पक्षबाट भए पनि निःशस्त्र…
काठमाडौँ, २९ असोज । अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।