३ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्री प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका हल्लाको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको भनेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले जवाफ त्यसो भनेका हुन् । 'मेरो परिवारका सदस्य घट्दै गएर अहिले तीन जना रहेका छौं । एउटी छोरी भरतपुर महानगरको मेयर छ । उतै व्यस्त छ । अर्की एउटी छोरी छ । बिचरा ऊ कस्ती छ, त्यो सबैले थाहा पाउनु भएकै छ,' प्रधानमन्त्री दाहालले भने, 'बनाएको छ, उचालेको छ । यो वास्तवमा संविधान सिस्टम र लोकतन्त्र गणतन्त्रमाथि हमला हो । यसमा म क्लियर छु ।…
३ पुस, काठमाण्डौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेल उस्को शेयर कारोबारमा कुनै स्वीकृति र सहमति नदिन सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सञ्चामन्त्री रेखा शर्मासहितलाई बोलाएर मंगलबार छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । 'एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने' समितिको निर्देशनमा छन् । समितिले सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति- २०८० को प्रतिवेदनलाई समेत आधार लिई प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने…
(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ । यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै । अहिले म आख्यानको…
प्रसङ्गः कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । साध्य त ज्ञान सीप हो । ज्ञान सीप जुनसुकै भाषाका माध्यमबाट पनि आर्जन गर्न सकिन्छ । अझ भन्नु पर्दा भाषा ज्ञान होइन यो ता सीप वा मान्छेको बानी, ब्यवहार हो । कुनै पनि ज्ञान भण्डारको बाह्य पक्ष वा बाहिर प्रस्तुत गर्ने माध्यम मात्र हो । त्यो ज्ञान जुनसुकै भाषामा पनि प्रकट…
विषय प्रवेशः मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य…
२ पुस, काठमाण्डौं - डा. गोबिन्द केसीले आफ्नो तीन दिने अनसन तोडेका छन् । गत शुक्रबार बेलुकाबाट धनगढी पुगेर स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आफ्नो २१ औँ अनसन सुरु गरेका डा. केसीले ७२ घण्टापछि आज अनसन तोडेका हुन् । उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ…
आजभोली सुन्तला पाउने समय हो। सुन्तलामा अत्याधिक मात्रामा भिटामिन सि तथा अन्य पोषण तत्व पाइन्छन्। हामीले सुन्तला खाएर त्यसको बोक्रा फल्ने गरेका छौ। सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ। तर यसका औषधीय गुणहरु पनि छन्। यदि कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ। सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ। केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ। अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव…
तुलसीप्रायसबैकोघरघरमारोपिएकोदेख्नसकिन्छ।सबैकोघरघरमाहिन्दुधर्ममातुलसीकोप्रयोगलाईपवित्रमानिन्छ।पुजाआजाहोस्, वाव्रतहरेकपर्वमाहामीयसकोप्रयोगलाईनिकैमहत्वपूर्णमानिन्छ।यसकोप्रयोगस्वास्थ्यकालागिनिकैलाभदायकमानिन्छ। आउनुहोस तुलसीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाको विषयमा चर्चा गरौ: तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा…
२ पुस, काठमाण्डौं - मेटाले आफ्नो फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई चाँडै ठूलो झटका दिने तयारी गरिरहेको छ। मेटाले आफ्नो सामाजिक प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा क्रस मेसेजिङको सुविधा बन्द गर्ने भएको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा म्यासेज र फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राम डाइरेक्ट म्यासेजमा म्यासेज गर्न पाउने छैनन् । मेटाले तीन वर्षअघि यो सुविधा दिएको थियो । यो सेवा बन्द गर्नुको कारणबारे कम्पनीले जानकारी दिएको छैन । एक रिपोर्ट अनुसार, इन्स्टाग्राम प्रयोगकर्ताहरूले क्रस एप मेसेजिङ सम्बन्धी अलर्टहरू प्राप्त गरिरहेका छन्। यो सेवा डिसेम्बर मध्यसम्ममा बन्द हुने चेतावनीमा भनिएको छ । राहतको खबर यो हो कि यो सेवा बन्द भएपछि पनि…