शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन सकेन : पूर्व राजा ज्ञानेन्द्र शाह

३० चैत्र, काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् । उनले शुक्रवार नयाँ वर्ष २०८१ को शुभकामना दिँदै भनेका छन्, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ।’ ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको…
Read More
त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

त्रिभुवन विश्वविद्यालयले पायो रजिष्ट्रार र रेक्टर

३० चैत्र, काठमाडौं - प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् । रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् । उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए । तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए । त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन् ।
Read More
संसदको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

संसदको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

३० चैत्र, काठमाडौं - मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए । उक्त भेटपछि अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए।
Read More
निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धन गलत छ : गगन थापा

निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धन गलत छ : गगन थापा

२९ चैत्र, इलाम - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७९ सालको निर्वाचनमा नेकपा (माओवादी) लगायत दलसँग चुनावी गठबन्धन गरेको गलत भएको बताएका छन् । इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चुनावी प्रचारको क्रममा थापाले निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धनमा मतदाता निरीह बन्नुपरेको बताए । उनले एमाले–माओवादी गठबन्धनलाई लक्षित गर्दै भने, ‘एउटा पार्टीकाले अर्को पार्टीलाई मत हाल्नुपर्ने परिपाटी गलत छ।’ थापाले देशका ठूला विभिन्न काण्डमा मुछिएका सबै पार्टीका नेतालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘संसद्मा अगाडि बढेको विषय कुनै आग्रह–पूर्वाग्रहले होइन,’ उनले भने, ‘ठूला काण्डमा मुछिएका जोसुकैले सजाय पाउनुपर्छ।’
Read More
राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : राजेन्द्र लिङ्देन

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : राजेन्द्र लिङ्देन

२९ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लिङ्देनले पछिल्लो दिनमा राजनीति विकृत भएको उल्लेख गरे । उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेशा जस्तो सोचिरहेको बताए । उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ। राजनीतिलाई मान्छेहरुले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो…
Read More
निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नु पर्दछ : नेता शेखर कोइराला

निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नु पर्दछ : नेता शेखर कोइराला

२९ चैत्र, दाङ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार दाङको घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नुपर्ने बताएका हुन् । त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने उनको भनाइ थियो । ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए,' उनले भने, 'कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन। त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ ।’ कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस…
Read More
ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने

ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने

२९ चैत्र, काठमाडौं - काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ। नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ। परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए। "नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्नुहुनेछ," उनले भने। उनका अनुसार सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लिनेछ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन…
Read More
मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्न प्रस्ताव

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्न प्रस्ताव

२८ चैत्र, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको अहिले रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा लागत बढी लाग्ने र विपत्को जोखिम बढी भएको भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा खानेपानी उपलब्ध गराउन आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो। आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ। हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरूपमा सुरक्षित रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी…
Read More
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश

२८ चैत्र, काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माले निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्त खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि गरेको आह्वानको समय नसकिँदै भएको नियुक्ति र सभामुखको समेत गणना गरिएको भन्ने निवेदनको मागमा संवैधानिक व्याख्या जरूरी भएकाले अहिलेका लागि उनलाई सामान्य काममात्र गर्न आदेश दिएको इजलासले जनाएको छ। सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि…
Read More
चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक

२८ चैत्र, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग-२०७४ को प्रतिवेदन सार्वजनिक गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो । उक्त आयोगमा डा. उपेन्द्र देवकोटा र मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए । २०७४ मा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा त्रिभुवन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search