शान्ति प्रियवन्दना अन्याय हो जान्दा जान्दै पनि नबोल्नु मै कल्याण देख्ने हजुरआमालाई सोध्थेँ म हजुरआमा तपाईँलाई पटक्कै रिस उठ्दैन ? किन ? केही बोल्नुहुन्न ? हजुरआमा भन्नुहुन्थ्यो मेरी प्रिय नातिनी आइमाई त धर्ती हो म त्यही धर्ती बनेको हुँ आज मलाई पनि फूल भन्छन् जून भन्छन् आकाश भन्छन् धर्ती पनि भन्छन् र, चाहन्छन् म पनि फूल, जून, आकाश र धर्ती बनूँ मेरी आमालाई नि यसै भन्थे मेरी आमाबाट पनि यस्तै, यस्तै चाहन्थे मैँले मेरी आमाहरू र हजुरआमाहरू विवेकले एका थरी र, व्यवहारले अर्कैथरि बनेको पटक पटक देखेँ र,हुर्किएँ चाहिँदैन मलाई कृपया नदिनुहोस् मेरो नजरमा मेरा…
काठमाडौँ । नेकपा(मसाल) का काठमाडौँ जिल्ला प्रवक्ता जगत् प्रसार रेग्मी डेंगुबाट पीडित भई टिचिङ अस्पताल भर्ना हुनु भएको छ । १०४ ज्वरो आएर अस्पताल भर्ना हुनु भएको नेता रेग्मीको प्लेटलेस घट्दो क्रममा छ । अस्पताल भर्ना गर्दा नेता रेग्मीको प्लेटलेस एक लाख पैँतीस हजार रहे पनि आश्विन ५ गतेका दिन अठार हजारमा झरेको छ । प्लेटलेस कम भएको त्यसका साथै निमोनियाले समेत आक्रमण गरेका कारण वहाँलाई चक्कर आउने तथा कमजोरीको अनुभूति गरिरहनु भएको छ । ज्वरो कम भए पनि प्लेटलेट घट्ने सम्भावना भएको हुँदा डाक्टरले चिन्ताको विषय नभएको बताएका छन् । नेता रेग्मीको ए प्लस रगत समूह भएको हुँदा आवश्यक…
काठमाडौँ । ‘विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुटको अवस्थाबाट अगाडि बढिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले बताउनुभयो । सङ्घको ७२औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कारको उद्घाटन मन्तव्यमा वहाँले सो धारणा राख्नुभएको हो । आश्विन ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताउनुभयो– ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ ।’ समाजवादी संस्कृतिको अभ्यासको आवश्यकतामाथि जोड दिँदै…
सर्वत्र उठ्ने प्रश्न हो यो ? सरकारी शिक्षाको नारा लगाएर मात्र हुन्छ, आफ्नो छोराछोरीलाई किन निजी विद्यालयमा पढाएको ? यो प्रश्नको सन्दर्भमा शिक्षाविद् डा.खगेन्द्र प्रसाईँ भन्नुहुन्छ, 'उदारीकरण र निजीकरण मार्फत सार्वजनिक शिक्षा तहस नहस पारिएको छ र निजी शिक्षा उत्पात प्रवर्द्धन गरिएको छ । सार्वजनिक विद्यालयको सङ्ख्या र गुण दुबैलाई कमजोर पारिएको छ । शिक्षामा राज्यको भूमिका खुम्च्याइएको छ । 'सरकारी नराम्रो निजी राम्रो' भन्ने चेतना जबरजस्त निर्माण गरिएको छ । समस्या संरचनात्मक छ । तर बुज्रुकहरू शिक्षकलाई प्रश्न गर्छन् : तिमीले आफ्ना छोरा छोरी सार्वजनिक मा नपढाएर किन निजी विद्यालय मा पढाएको ?
बाह्रबिसेको बस स्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फर्क्यो । अनि, आफ्नो जहानलाई खान कर लगाउँदै भन्यो, ‘खा खा अलिक बेथालाई त खाएकैले जित्छ । भरै अस्पताल पुग्नेसाथै तोक लाग्यो भने भर्ना हुन पाइहाल्छेस् खाने चाँजो मिल्ने हो होइन, खा खा ।’ पहेँली, ख्याउटी, फुकीढल भएकी स्वास्नी मान्छे, जो दोहोरो सास फेरिरहेकी थिई, सुस्केरा जस्तो आवाजमा आफ्नो लोग्नेलाई भनी, ‘टुङ्गोमा पुग्छु जस्तो लागेको छैन मलाई, खै रगत त्यत्तिकै आइरहेको छ ।’ त्यसपछि उसले खोकी,…