गाजा, २३ असोज । इजरायली सेनाले आफ्ना सयौँ मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ। त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ। हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईँलाई थाहा छ यो द्वन्द्वको मूल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन…
तेल अबिब, २३ असोज । इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ । यी ३ दिनमा गाजा र वेस्ट बैङ्कमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् । यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौँ’ भनेका छन् । हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर…
तेल अहिब, २३ असोज । इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदै छ’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् । विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढी पछि इजरायलमा कम्तीमा ९०० जनाको मृत्यु भए पछि यो भनाई सार्वजनिक भएको हो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। जवाफमा प्यालेस्टाइनी अतिवादी समूह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन् । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ ।…