बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे । चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन्…
विशाल बस्नेत महोत्तरी, २८ असोज । नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे । त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो । हुन त हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा…
काठमाडौँ, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् । वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरूले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । गठबन्धन भत्काउने प्रयास कोसी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उनले भने, ‘कोसी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एक थरी मान्छे विक्षिप्त भएर यहाँ खेलेर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’
काठमाडौँ, २८ असोज । काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोकाको दसैँ घरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभ साइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मङ्गल धुन बजाएका थिए । साथै बन्दुक पड्काएर बढार्इं पनि गरिएको छ । नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ…
काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यस वर्ष १०वटा विमान खरिद गर्ने बताएका छन् । आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै उनले चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् । नेपाल वायुसेवा निगमको विमान थपेर भाडदारमा देखिएको विसङ्गति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दसैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।
काठमाडौँ, आश्विन २८ । इजरायल र प्यालेष्टाइनबीचको युद्ध चलिरहँदा नेपालमा पनि विभिन्न प्रकारले टीकाटिप्पणीहरू हुने गरेका छन् । यसै सन्दर्भमा पत्रकार विजय कुमार पाण्डे ट्विट गर्दै लेख्छन्, 'इजरायलसँग राज्यका रूपमा रहने अधिकार छ । त्यसै गरी, प्लालेस्टिनीहरु सँग पनि राज्यको रूपमा रहने अधिकार छ । इजराइलीहरुले आफ्नो अस्तित्व रक्षाको ग्यारेन्टी पाएको छन् । प्लेस्टानीहरुलाई उनीहरूको अस्तित्व रक्षाको ग्यारेन्टी कसले दिनेछ? यो संसारमा धेरै किसिमका अन्यायहरू छन् । प्लालेस्टाइन जनताले आधा शताब्दी देखी अन्याय भोग्दै आएका छन् । यो क्रम , अब जारी रहन सक्दैन । समस्याको समाधान - दुई राज्यको अवधारणा ( Two State Policy ) हो , जहाँ प्लेस्टाइनीहरुको पनि…