काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’ बोलको गीत सार्वजनिक गरिएको भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् । विमोचन कार्यक्रममा कसले के भने ? डा.चूडा ढकाल(लेखक) आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्याउन धेरै सङ्घर्ष गर्नुपर्यो । ४४…
* मोहनविक्रम सिंह “कमरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिट्लरको फासिवाद, यहुदीहरू माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरू छन् । ती परिच्छेदहरूमा हिट्लरले यहुदीहरूमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरूको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीहरूको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौँ देशहरूमा उनीहरूमाथि भीषण बर्बर अत्याचारहरू गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरू समेतमाथि त्यस प्रकारका अत्याचारहरू गरिएका थिए । हिट्लरद्वारा युरोपमा यहुदीहरूमाथि गरिएका त्यस प्रकारका अत्याचारहरूसित सम्बन्धित कैयौँ म्युजियमहरू युरोप भरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरूको भ्रमण गर्दा मैले त्यस…
काठमाडौँ, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् । यसैबिच, नेपाल क्रिकेट सङ्घले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत…
लन्डन, १९ कार्तिक । प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने २९ जना लन्डनमा पक्राउ परेका छन् । जातीय घृणा, जातीय उत्प्रेरित अपराध, हिंसा र एक प्रहरी अधिकारीलाई आक्रमण गर्ने जस्ता अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको लन्डन प्रहरीले जनाएको छ । शनिवार प्यालेस्टिनी समर्थकहरूले लन्डनको मुख्य सडकमा र्याली निकालेका थिए । लन्डनको मेट्रोपोलिटन पुलिस सेवाका अनुसार हजारौँ प्रदर्शनकारीहरू विरोधका लागि ट्राफलगर स्क्वायरमा भेला भएका थिए र धेरैजसो शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका थिए। लन्डन प्रहरीका अनुसार एक व्यक्तिले आफ्नो भाषणको क्रममा शान्ति विरोधी टिप्पणी गरेका थिए । सो संदिग्धलाई पहिचान प्रविधि प्रयोग गरी सामाजिक सञ्जालबाट पहिचान गरेर पक्राउ गरिएको छ, प्रहरीले भन्यो । पक्राउ…
वासिंगटन डिसी, १८ कार्तिक । गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्ध विरामको लागि आह्वान गर्दै शनिवार वासिङ्टन, डिसी र युरोपका प्रमुख सहरहरूमा हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन्। अमेरिकाको सङ्घीय राजधानी वासिङ्टन, डिसीमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड शनिवार दिउँसो संयुक्त राज्य अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्ध विराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रूपमा आह्वान गरेका थिए । नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झन्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो । कार्यक्रम आयोजकहरूले…
जर्मन, १९ कार्तिक । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ । शनिवार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो । उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो । गोली हानेपछि व्यक्तिले कारबाट दुई वटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ । जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा…