Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

खेलकुद

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ सम्पन्न

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ सम्पन्न

वडा अध्यक्ष कप दोस्रो जिल्ला ब्यापि मा.वि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ माघ १ देखि सुरु भएको खेल ५ गते सम्पन्न भएको छ । यो खेल आयोजना गर्नु को मुख्य उदेश्य विद्यार्थीहरुलाई पठनपाठन सगै स्कुल स्तरबाट नै खेललाई प्राथमिकतामा राखेर खेल खेलाउने सिकाउने गरियो भने राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ र पछि जिल्लामा खेलकुदको गतिविधि धेरै गर्न सकियो भने खेल मार्फत पर्यटन भित्र्याउन सकिन्छ भन्ने हो । यो कार्यक्रम उद्घाटन र समापनमा पाल्नु भएका प्रमुख अतिथी , बिशेष अतिथी लगाएत सम्पूर्ण अतिथीहरुलाई आफ्नो महत्त्वपूर्ण समयमा पनि उपस्थित हुनुभएकोमा हार्दिक आभारी छौ । फुटबल कार्यक्रम आयोजना हुनुभन्दा अगाडिदेखि सहयोग गर्नुहुने जिल्ला…
Read More
आर्सनल र बायर्नको खेल बराबरी

आर्सनल र बायर्नको खेल बराबरी

२८ चैत्र, काठमाडौं - च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले दुई-दुई गोलको बराबरी खेलेका छन्। आर्सनलको मैदानमा भएको खेलमा बुकायो शाकाको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। १२ मिनेटमा गोल खाए पनि बायर्नले १८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि गिनर्बीले गोल गरेका थिए। ३२ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दा बायर्नले खेलमा अग्रता लिन सफल भयो। तर दोस्रो हाफमा आर्सनलका ट्रोसार्डले गोल गर्दै घरेलु टिमको सम्भावित हार टारे।
Read More
लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

लगातार दोस्रो जितसँगै क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपाललाई

२७ माघ, काठमाण्डौं - लगातार दोस्रो जितसँगै नेपालले क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै जितेको छ। रोहित पौडेल र देव खनालको उत्कृष्ट साझेदारीले नेपालले क्यानडाविरुद्धको तीन खेलको शृंखला २-० ले जितेको हो । पौडेल र खनालले १६४ बलमा १५० रनको साझेदारी गरेका हुन् । शनिबार क्यानडाविरुद्धको भएको दोस्रो खेल ४ विकेटले जितेसँगै नेपालले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार नेपालले पहिलो खेल ७ रनले जितेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा…
Read More
एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालको सानदार जित

एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालको सानदार जित

२७ माघ, काठमाण्डौं - एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो । कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १…
Read More
आईसीसी यू–१९ विश्वकप को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पराजित

आईसीसी यू–१९ विश्वकप को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पराजित

१७ माघ, काठमाण्डौं - आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमै पूरा गर्‍यो। बंगलादेशलाई जित दिलाउने क्रममा अरिफुल इस्लाम र जिसन आलमले अर्धशतकीय इनिङ खेले। अरिफुल इस्लामले ३८ बलमा दुई छक्का र सात चौकाको मद्दतले अविजित ५९ रन बनाए। त्यसअघि ओपनर जिसनले दुई छक्का र ६ छक्काको मद्दतमा ४३ बलमा ५५ रन बनाएका थिए। बंगलादेशका पाँचै खेलाडीलाई सुवास भण्डारीले आउट गरेका थिए। सुवासले आठ ओभर बलिङ गर्दै ४४ रन दिएर पाँच विकेट लिए…
Read More
यू-१९ विश्वकप: अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा

यू-१९ विश्वकप: अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा

१२ माघ, काठमाण्डौं - अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्यो भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई एक सय ४५ रनमै अलआउट गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन…
Read More
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय तोकिएको छ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई…
Read More
नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

१४ पौष, काठमाण्डौं -  नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश…
Read More
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा…
Read More
साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

साबिक विजेता सुदूरपश्चिम महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित

५ पुस, काठमाण्डौं  - साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो । एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २०…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search