१ मंसिर, काठमाडौं । छठपर्व विधिवत् रूपमा आज (शुक्रबार) देखि सुरु भएको छ । छठमा व्रतालु महिला एवं पुरुषले बिहानै उठेर हात खुट्टाका नङ काटेर र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । यसरी गरिने नित्यकर्मलाई ‘नहाइ–खाइ’ भनिन्छ । स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिनँ र तन मनले प्रभुको शरणमा बस्छु’ भनी प्रणसमेत गर्दछन् । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन व्रतालुले एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात् अघिल्लो दिनमा…
तेलअहिब, १ मंशिर । इजरायल सरकारका क्याबिनेट सदस्यहरूले दक्षिण गाजामा भूमिमा युद्धका लागि समर्थन जनाएका छन । इजरायलको युद्ध मन्त्रिपरिषद्का दुई सदस्य र यसका एकजना पर्यवेक्षकले दक्षिणी गाजामा सेनाको भूमि आक्रमणको विस्तारलाई समर्थन गरेका छन्, एक वरिष्ठ सुरक्षा अधिकारीले इजरायली मिडिया आउटलेट वाल्लालाई बताए। स्रोतका अनुसार रक्षा मन्त्री योभ गालान्ट, मन्त्री बेन्नी गान्ट्ज र इजरायली सेनाका पूर्व चिफ अफ स्टाफ गाडी आइसेनकोटले बन्दीहरूलाई रिहा गर्ने सम्झौतामा जारी वार्तालाई ध्यान नदिई सैन्य कारवाही अगाडि बढाउनु पर्नेमा जोड गरेका छन् । हालसम्म इजरायली सेना र प्यालेस्टिनी लडाकुहरू बीचको लडाई सहरको उत्तरमा मात्रै केन्द्रित छ । जसले लाखौं प्यालेस्टाइनीहरूलाई दक्षिणतिर भाग्न बाध्य पारेको…
काठमाडौं, १ मंशिर । आज सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख १४ हजार ९५० मा कारोबार गरिरहेका ब्यापारीले आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार गरिरहेका छन ।
काठमाडौं, १ मंशिर । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ । भोली शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै…
मंसीर १ तनहुँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताएका छन् । शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्, केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन, उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्,’ प्रधानमन्त्रीले भने, ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ, देशको सुरक्षा अवस्था सामान्य छ, १२ बुँदे…
तनहुँ, १ मंशिर । एक बर्ष अघि नै सञ्चालनमा आएको अस्पताल आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । तनहुँको दमौलीमा आयोजित एक बिशेष समारोहका बिचमा शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पताल उदघाटन गरेका हुन् । सो गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले आज शुक्रबार उद्घाटन गरेका हुन । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो। अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ। अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई…