११ पौष, काठमाण्डौं - चन्द्र पन्तले निर्देशन सम्हालेको फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारको संख्या ठुलो देखिएको छ । एकातिर फिल्ममा साउथका नामी कलाकारहरु ब्रह्मानन्दम, अली, प्रदीप रावत, सुनिल वर्माको टोली छ भने अर्कोतिर नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, सरोज खनाल, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकारहरुको संख्या राम्रै छ ।यसबीच, फिल्ममा अर्का साउथ अभिनेता कबीर दुहान सिंहको प्रवेश भएको छ । बुधबार निर्मात्री नीता ढुंगानाले एक पोस्टरमार्फत् फिल्ममा कबीर अनुबन्धित भएको जानकारी गराएकी हुन् । उनी तेलुगू, तमिल र कन्नड फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले ‘किक २’, ‘वेदालम’, ‘जिल’, ‘कञ्चना…
११ पौष, काठमाण्डौं - अभिनेता तथा निर्देशक नीर शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । मंगलबारसम्म प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ९० जनाले नाम टिपाएका थिए । शाहले बुधबार अन्तिम दिन मात्र आफ्नो नाम टिपाएका हुन् । उनीसहित बागमती प्रदेशबाट ९१ जनाको नाम उम्मेदवारमा सिफारिस भएको छ । अभिनेता शाहले अन्तिम दिन आफ्नो नाम टिपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले नाम टिपाउनुभन्दा अघि पार्टीका केही शीर्षस्थ नेताहरुसँग भेट गरेको र नेताहरुबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने वचन पाएपछि उनले नेपाली कांग्रेस बागमती प्रदेश समितिमा नाम टिपाएको बुझिएको छ ।…
११ पौष, काठमाण्डौं - विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित ४ जनालाई हानी नोक्सानी सम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरेको हो । सजाय निर्धारण हुन भने बाँकि छ । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको बुधबारको इजलासले पूर्वडिआइजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। पूर्वडिआइजी शाहसँगै पूर्व सई दिपेन्द्रप्रसाद पनेरूलाई पनि इजलासले दोषी ठहर गरेको छ । २०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत…
११ पौष, काठमाण्डौं - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गरेको छ । दूरसञ्चार क्षेत्रमा हुने गैरकानूनी गतिविधि र राजस्वको असली विवरण पत्ता लगाउन भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गरी लागू गर्न खोजेको थियो । बुधबार बसेको समितिको बैठकले प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । समितिमा लामो छलफल र अनुसन्धानपछि बुधबार सिंहदरबारमा बसेको समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले भने, 'टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण…
११ पौष, काठमाण्डौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बुधबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत भएको बताए । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढन सहमत रहेको बताए । संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको उनको भनाइ…
११ पौष, काठमाण्डौं - यातायात व्यवस्था विभागले विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने भएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ। ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ।
११ पौष, काठमाण्डौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्य, दक्ष र क्षमतावान व्यक्तिलाई बनाउन माग गरेको छ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै नेविसंघले उपकुलपति राजनीतिक भागबन्डाका आधारमा नगर्न आग्रह गर्दै खुला प्रतिस्पर्धाबाट योग्यलाई उपकुलपति नियुक्त गर्न माग गरेको हो । त्रिवि केन्द्रीय क्याम्पस र उपत्यकाभित्रका आंगिक तथा सम्बन्धनप्राप्त ५१ क्याम्पसबाट पत्र अभियान सञ्चालन गरिएको र यो अभियानबाट १२ हजार चार सय १५ विद्यार्थीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको नेविसंघ ले जनाएको छ ।विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबन्डाको अन्त्यका लागि पत्र अभियानमा जोडिन पनि नेविसंघले आग्रह गरेको छ।