शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ: माधवकुमार नेपाल

Advertisement

११ पौष, काठमाण्डौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम सुरु गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । 

बुधबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध दलहरू एकताबद्ध भएर अघि बढ्न सहमत भएको बताए । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल गराएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरू एकताबद्ध भएर अघि बढन सहमत रहेको बताए ।

संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको उनको भनाइ छ । ‘पार्टीले एमालेभित्र गरेको विद्रोह जायज थियो । यसले सफलता प्राप्त गर्‍यो। विघटित प्रतिनिधिसभा पुनःस्थापित भयो, र संविधान जोगियो,’ उनले भने, ‘संसद्‍ले पूर्ण कार्यकाल काम गर्नसक्यो । र, आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भीर हुनुपर्ने स्थिति पुगेका छौं । अहिले फेरि प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । विभिन्न षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।’

पार्टीको आगामी महाधिवेशनको तयारी र विधानका सम्बन्धमा छलफल गर्न बसेको बैठक शुक्रबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search