शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० माघ १८, बिहीबार

कसुर प्रमाणित नभई व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ति

कसुर प्रमाणित नभई व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले जनायो आपत्ति

१८ माघ, काठमाण्डौं - व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ। आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कसुर प्रमाणित नभई पक्राउ गरेको भन्दै पक्राउ प्रक्रियामा आफूहरूको विमति रहेको बताए। ‘हाम्रो भनाइ पक्राउ गर्नै नपाउने भन्ने होइन, प्रक्रियाको इस्यु हो। कमसेकम आफ्नो कुरा राख्ने मौका दिनुपर्छ। अनुसन्धान गर्ने, सोधपुछ गर्ने हो भने बोलाइन्छ र सोधपुछ गरिन्छ। त्यसपछि प्रमाणित भए पक्राउ गर्दा हाम्रो कुनै विमति छैन। तर, कुनै सूचना नदिई सीधा अफिस, घरमा बसेको व्यक्तिलाई पक्राउ गर्नुमा हाम्रो विमति छ,’ अध्यक्ष अग्रवालले भने, ‘उहाँ…
Read More
अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालको अनुमति

अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालको अनुमति

१८ माघ, काठमाण्डौं - सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार चौधरीसहित छालाजुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको थियो ।
Read More
राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक संशोधनसहित पारित

राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन विधेयक संशोधनसहित पारित

१८ माघ, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्यांकन गर्न बनेको विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले संशोधनसहित विधेयकलाई पारित गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । विधेयकमा विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्यांकनलाई व्यवस्थित गरी विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाउने व्यवस्था छन् ।
Read More
बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी पक्राउ

बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी पक्राउ

१८ माघ, काठमाण्डौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धानका लागि सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search