२२ माघ, काठमाण्डौं - बाँसबारी छालाजुत्ता कम्पनीको १० रोपनी जग्गा जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतल काठमाडौंले अनुमति दिएको छ । सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाद रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो। उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो ।
२२ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् । ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ,' उनले भने ।
२२ माघ, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार चलाउने उद्देश्यका साथ अघि बढेको बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । उनले सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने…
२२ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको बताएका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले मिडियामा आए जस्तो आफू फरार रहेको भन्ने विषयमा सत्यता नरहेको बताए । संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरु केही नबोल्ने तर स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए ।