शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० माघ २८, आईतवार

सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कार्यहरुमा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कार्यहरुमा भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

२८ माघ, काठमाण्डौं - सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु एवं सेवा खरिद तथा विकास गर्ने कार्यहरु भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० बुँदे सुझाव जारी गरेको छ। सञ्चार तथा सूचना प्रविधिमा निहित प्रविधिको क्लिष्टता र सार्वजनिक क्षेत्रमा रहेको यस प्रतिको अनभिज्ञताको अनूचित उपयोग गरी गम्भीर प्रकृतिका प्रष्टचार जन्य कार्य हुन सक्ने देखिएको अख्तियारको ठहर छ। मुलुकको सीमित स्रोत-साधनको मितव्ययी एवं समुचित परिचालन गरी यस्ता प्रविधिको सदुपयोगबाट राष्ट्रले अधिकतम लाभ हासिल गर्न वाञ्छनीय देखिएको भन्दै अख्तियारले निर्देशनात्मक शैलीमा सुझाव जारी गरेको हो। आयोगमा प्राप्त उजुरीहरूको छानबिन र अनु सन्धानको सिलसिलामा पहिल्याइएका सवाल तथा प्राप्त तथ्यहरूसमेतको विश्लेषणको आधारमा अख्तियार…
Read More
रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु खारेज गर्न लेखा समितिको निर्देशन

रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु खारेज गर्न लेखा समितिको निर्देशन

२८ माघ, काठमाण्डौं - गौतम बुद्धको अस्तिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न लेखा समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आइतबारको बैठकले उक्त सबै प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिनुका साथै निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न भनेको छ । समितिले यो प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत निर्देशन दिएको छ । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको…
Read More
एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिको प्रतिवेदन  सार्वजनिक गर्न सरकारलाई निर्देशन

एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

२८ माघ, काठमाण्डौं  - एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search