१८ फागुन, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार सरकारमा को हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहीबारदेखि सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताएका हुन् । संसद्मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको ओलीको भनाइ छ । उनले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे । उनले नेकपा एमाले जिम्मेवारी र…
१८ फागुन, चितवन - प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए । '१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,' प्रधानमन्त्री दाहालले भने, 'भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन् ।' दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति…
१८ फागुन, चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका देउवाले गठबन्धनले निरन्तरता पाउने बताए। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने बताए। ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने। -रासस
१८ फागुन, चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् । उनले भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु । यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगि हुन तयार छ । सधै साथ रहन्छ ।’ त्यस्तै केपी शर्मा ओलीले भरतपुर घुम्न आउन गीतमार्फत अनुरोध गरेका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै ओलीले भने -म यहाँबाट भरतपुर घुम्न आउन अनुरोध गर्दछु । गीतै छ नि, ‘लौँ हिँड चितवन दुई दिनको जिन्दगी बिताउन.. ।’ उनले आफू प्रधानमन्त्री हुँदा भरतपुरसहित चितवनको विकासको लागि कामहरू गरेको भन्दै उहाँले ती…
१८ फागुन, काठमाडौं - सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो विधेयक यसअघि २४ माघ २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । २७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक शुक्रबार राष्ट्रिय सभाबाट समेत पारित भएसँगै संघीय संसदको दुबै सदनबाट पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश…