३ फागुन, काठमाण्डौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने भएको छ ।
बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले फागुन ८, ९ र १० गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिएका हुन् । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ ।
पोखरेलका अनुसार वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष प्रस्तावहरु राख्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए । सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको छ ।
मनोनित हुनेहरुमा काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र रहेका छन् ।


