३ फागुन, काठमाण्डौं - दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा श्रीमान्को गोली प्रहारबाटड्युटीमा रहेको बेला बिहीबार राति मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्री बिहीबार घोराही आएर थापाको हत्या गरेको आशंका छ । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हानी भाग्दै गरेका झाँक्रीलाई अर्जुनखोलाबाट पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
३ फागुन, काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा २२ माघ ०७६ मा दर्ता गरेको मुद्दामा विशेष अदालतको फैसला आएको छ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकरप्रसाद सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमल्सिना, परशुराम पोख्रेल, कृष्णप्रसाद पौडेल, प्रकाश भट्ट, टंक पौडेल लाई दोषी ठहर गरेको छ । उनीहरूलाई दामासाहीले कायम हुने बिगो ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने, बिगो असूल उपर हुने र जनही दुई वर्ष कैद हुने तथा सट्टा भर्नाको जग्गासमेत जफल हुने ठहर भएको…
३ फागुन, काठमाण्डौं - सर्वसम्मतका नाममा केन्द्रीय समिति चयन गर्दै आएको माओवादी केन्द्रले प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर विधान पारित गरको छ । माओवादी केन्द्रले पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चयन गर्नेगरी विधान संशोधनसहित पारित गरेको हो । विधान सम्मेलनले पार्टीको नाम परिवर्तन गर्ने बाटो खुला राखेको छ । पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्ने निर्णय गरेको छ । उसले नेकपा राखेर समाजवादी, वाम मोर्चा राख्न सकिने विकल्प खुला राखी विधान पारित गरेको हो । ‘नेपाल कम्युनिष्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न…
३ फागुन, काठमाण्डौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गतेदेखि बस्ने भएको छ । बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले फागुन ८, ९ र १० गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिएका हुन् । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ । पोखरेलका अनुसार वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष प्रस्तावहरु राख्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए । सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको छ । मनोनित हुनेहरुमा काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र रहेका छन् ।