शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर माओवादी केन्द्रको विधान पारित

Advertisement

३ फागुन, काठमाण्डौं –  सर्वसम्मतका नाममा केन्द्रीय समिति चयन गर्दै आएको माओवादी केन्द्रले प्रतिस्पर्धात्मक विधिबाट केन्द्रीय समिति चयन गर्ने प्रावधान राखेर विधान पारित गरको छ ।

माओवादी केन्द्रले  पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चयन गर्नेगरी विधान संशोधनसहित पारित गरेको हो ।

विधान सम्मेलनले पार्टीको नाम परिवर्तन गर्ने बाटो खुला राखेको छ । पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्ने निर्णय गरेको छ । उसले नेकपा राखेर समाजवादी, वाम मोर्चा राख्न सकिने विकल्प खुला राखी विधान पारित गरेको हो । ‘नेपाल कम्युनिष्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न सकिन्छ,’ दाहालले भने । हाल पार्टीको चुनाव चिहृन भने कायम राखिने छ । ‘अहिले नाम यथावत् राख्ने र चुनाव चिह्न पनि थथावत् राख्नुपर्छ,’ दाहालले भने । दाहालको भनाइलाई अधिवेशनले पास गरेको थियो ।

त्यस्तै विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निर्णयमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदसीय प्रस्ताव गरेकोमा अब १९९ सदस्यीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ रहने प्रावधान विधानमा राखिएको छ ।

मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा  अध्यक्ष दाहालले प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनेक्रम बिहीबार सकिएको छ । प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई अधिवेशनबाट पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Testing

Testing

Testing period
भीमसेनको महिमा

भीमसेनको महिमा

भीमसेनको महिमा नेपालमा हिन्दू धर्ममा भीमसेन लगायत थुप्रै महिमा समाबिस्ट गरिएका  छन् । विशेष गरी नेवार व्यापारीहरूले उनलाई आफ्नो...
Test on the way

Test on the way

Here is the testing going on !!
प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्र...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search