२४ फाल्गुन, काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ ।
अस्वस्थ प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएको दाबीसहित दायर गरेको रिटमा अन्तरिम आदेशसमेत माग गरिएको थियो ।
रिट निवेदक रामदेव यादवले अध्यक्ष भुपेन्द्र भण्डारीसहित दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सिफारिस समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
बिहीबार न्यायाधीश ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यादव अन्तिम तीनजनाको सूचीमा परेका नदेखिँदा रिटको अन्तिम सुनुवाइमा आवश्यक विषय सम्बोधन हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।



