शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० फाल्गुन २४, बिहीबार

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनबाट कारण देखाऊ आदेश जारी

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनबाट कारण देखाऊ आदेश जारी

२४ फाल्गुन, काठमाण्डौं - नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । अस्वस्थ प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएको दाबीसहित दायर गरेको रिटमा अन्तरिम आदेशसमेत माग गरिएको थियो । रिट निवेदक रामदेव यादवले अध्यक्ष भुपेन्द्र भण्डारीसहित दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सिफारिस समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । बिहीबार न्यायाधीश ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यादव अन्तिम तीनजनाको सूचीमा परेका नदेखिँदा रिटको अन्तिम सुनुवाइमा आवश्यक विषय सम्बोधन हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
Read More
नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने

२४ फाल्गुन, काठमाण्डौं - निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो । व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन् । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए । २०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उनलाई सजाय…
Read More
केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको हो : पुष्पकमल दाहाल

केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको हो : पुष्पकमल दाहाल

२४ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गरेका छन्। बिहीबार संसद्मान उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नभएकोदेखि कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरू सम्मलाई कारणका रूपमा चर्चा गरेका छन् । प्रधानमन्त्री दाहालले भने, 'निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्योछ । गठबन्धनको नैतिकताको कसीमा त्यो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search