काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’ बोलको गीत सार्वजनिक गरिएको भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
काठमाडौँ, १६ कात्तिक । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । काठमाडौँमा अधिकांश र जनकपुरमा केही छायाङ्कन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ । यसको छायाङ्कन सेड्युल ४५ दिन तय गरेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने । अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग…
लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् । ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैँ आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्। विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यु योर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा…
रिंकु बस्नेत काठमाडौँ, कार्तिक २ गते । शशाङ्क खड्का, अमित अग्रहरी र विनोद कठायतले निर्माण गरेको आउट ल लाई सेवेन सिजले खरिद गरेसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धामा आउने छ । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ जस्ता नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइसँगै यो फिल्म पनि त्यो प्रतिस्पर्धामा उत्रिने अनुमान गरिएको छ । यति बेला नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गर्ने मामलामा सेभेन सिज इन्टरटेनमेन्ट सबैभन्दा अगाडि देखिएको छ । यसले आउट ल लाई खरिद गरेसँगै चाडै नै प्रदर्शनको मिति तोकिने निर्माता शशाङ्क खड्का बताउँछन् । विक्कि महर्जनले निर्देशन गरेको फिल्म आउट लमा नवीन गुरुङको छायाङ्कन तथा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, सोनी…
जेरुसलम, ३० असोज । इजरायलले प्यालेस्टाइनी गायिका दलाल अबु अमनेहलाई गिरफ्तार गरेको छ । आफ्नो परम्परागत गीतका लागि परिचित एक प्यालेस्टिनी गायिकालाई इजरायली प्रहरीले फेसबुक पोस्ट गरेको कारण पक्राउ गरेको प्यालेस्टिनी र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इजरायलकी प्यालेस्टिनी नागरिक दलाल अबु अम्नेहलाई सोमबार ‘भगवान् बाहेक कोही विजयी छैन’ भन्ने अरबी वाक्यांश पोस्ट गरेपछि नाजेरथस्थित उनको घरबाट पक्राउ गरेर लगिएको अरब ४८ आउटलेटले उनको वकिललाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । वकिल, अबीर बकरले भने कि इजरायली प्रहरीले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण र त्यसपछि इजरायलले गाजामा आक्रमण गरेपछि गत हप्ता इजरायलीहरूबाट धम्कीहरू प्राप्त गर्दै आएका अबु अम्नेहलाई…
काठमाडौँ, २२ असोज । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र सङ्घर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह-अवरोह लेखेका छन्। कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान् पात्र भएको बताए। ‘यो किताब निष्ठावान् व्यक्तिको बकपत्र हो। समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ। अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौँ र आर्थिक रूपमा पनि उनी समृद्ध हुन्थे।’…
काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् । दर्शक…
काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको सो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् । हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफूले सोचे झैँ भएको बताएका हुन् । ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’ सो कार्यक्रममा ओलीसहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि…
काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र 'हल्कारा' ले गर्ने भएको छ । उक्त विधाका लागि हल्कारा सहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गरिएको जानकारी हुन आएको छ । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ । आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनीता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक…
ललितपुर । क्यान्सर विजेताहरुहरु लाई विभिन्न हौसला प्रदान गर्दै आइरहेको नेपाल क्यान्सर सर्ववाइवर सोसाइटीले तीज पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । तीजका गीतमा छमछमी नाच्दै रमाइलो गर्दा पनि विभिन्न मानसिक तनावहरूबाट धेरै राहत हुने सोसाइटीकी अध्यक्ष प्रमिता खनाल बताउनुहुन्छ । ललितपुरको कुमारीस्थित बिरयानी अड्डामा १०० जना सर्ववाइवरहरुको सहभागितामा यस प्रकारको मनोरञ्जनात्मक कार्यक्रम भाद्र १८ गते सम्पन्न गरिएको आयोजकहरूले जानकारी गराउनुभएको छ ।