काठमाडौं, २६ कार्तिक । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको…
कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ । शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि…
कात्तिक २५, काठमाडौं । नेपाली काँग्रेसले जाजरकोट सहितको भूकम्प प्रभावित क्षेत्रमा मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केको काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो । पुषको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मङ्सिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको काँग्रेस महामन्त्री थापाले बताए । स्थायी रूपमा सिकाई केन्द्रहरू बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए । महामन्त्री थापाले अस्थायी…
कात्तिक २५, काठमाडौं । अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । अस्ट्रेलियाको जितमा मिचेल मार्शले १७७ रन अविजित बनाएका थिए भने स्टिभ स्मिथले अविजित ६३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै बंगलादेशले ८ विकेट गुमाउदै ३०६ रन बनाएको थियो । योसँगै अस्ट्रेलियाले ९ खेलमा १४ अंकसहित तेस्रो स्थानमा रहदै सेमिफाइनल खेल्ने भएको छ । अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने यसअघि नै निश्चित भएको थियो । त्यस्तै बंगलादेशको ९ खेलमा ४ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको रहेर…
कात्तिक २५, काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ। दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरपालिकाभित्रका चार स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्याउन भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक बिक्रीस्थल तोकिएको छ। महानगरपालिका प्रमुख बालेन्द्र साहले नेपाली फूल उत्पादनलाई प्रोत्साहन गर्न दीपावलीमा प्रत्येक घरमा नेपाली फूल प्रयोग हुनुपर्छ भन्ने निर्देशनअनुरुप महानगरपालिकाले सहजीकरण गर्न लागेको वरिष्ठ नगर…
कार्तिक २५ , झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन्। उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ। आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।
कार्तिक २५,भक्तपुर । भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ । जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए । बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए । पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरु गरेका थिए । विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए । उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड…
पेरिस, २५ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गर्दै इजरायल र हमास बीचको युद्धको एकमात्र समाधान रहेको बताएका छन । उनले इजरायलसँग अक्टोबर ७ मा हमासले गरेको हमलामा आफैलाई सुरक्षित राख्ने र प्रतिक्रिया दिने अधिकार रहेको बताउदै उनले इजरायलले ‘युद्धका अन्तर्राष्ट्रिय नियम र मानवीय अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ’समेत भनेका छन्र । म्याक्रोनले थपे कि उनी आशा गर्दछन् कि अन्य विश्व नेताहरूले युद्धविरामको लागि उनको आह्वानमा सामेल हुनेछन्। ‘हामी पीडा साझा गर्छौं र हामी आतंकवादबाट छुटकारा पाउन इच्छुक छौं। फ्रान्समा आतंकवादको अर्थ के हो भन्ने हामीलाई थाहा छ। तर मलाई लाग्छ कि नागरिकमाथि आक्रमण गर्ने कुनै औचित्य…
कात्तिक २५, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गरेका छन् । सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्ला समिति लमजुङद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकाका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे । निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था…
कात्तिक २५, काठमाडौं । हिन्दु धमार्वलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।