कात्तिक २४, काठमाडौं । चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्पपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा सो प्रतिवद्धता जनाइएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट भएको जानकारी दिँदै उनले सो क्रममा जाजरकोट र रूकुमका भूकम्पपीडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोगको प्रतिवद्धता जनाएको जानकारी दिएका हुन् । सााथै अध्यक्ष नेपालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
कार्तिक २४,सुर्खेत । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुखले जनाएको छ। बोहरा हत्याको योजनाकार हुन्। मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका…
काठमाडौं, २४ कार्तिक । नेपालले २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ। बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गरेका हुन्। नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल खेल्दैछ। नेपाली टिम आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको एन्फाले जनाएको छ। चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिर रहेका छन्। नेपाली टिम: गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल। डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ। मिडफिल्डर: लकेन…
कार्तिक २४, ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्। शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सराेकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका बामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए। उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए। पुस्तक बिमोचन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै…
कार्तिक २४, थवाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए । ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ, उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लाषगि सहयोग, उत्पादनमुलक नमुना कृषि…
२४ कात्तिक ,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा नयाँ कर्मचारीका आवेदन आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन आह्वान गरेको हो । दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागिएको हो । सूचनाअनुसार १४ मंसिरसम्म दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदहरूमा दरखास्त दिनुपर्ने उल्लेख गरिएको छ । प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर ७६, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा…
काठमाडौँ , २४ कार्तिक । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ । सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्ने छ । यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ । त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक…
वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन । अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ । जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ । बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन…
काठमाडौं, २४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ…
गाजा, २४ कार्तिक । इजरायली सेनाको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहहरूसँग झडप भएको थियो । मृतकहरु सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर ध्वस्त पार्न जेनिनमा छापा मारेको थियो, जसले अगस्ट ३१ मा १ र्यामिङ आक्रमणमा अफ ड्युटी इजरायली सिपाहीको हत्या गरिएको थियो । ‘इन्जिनियरिङ फोर्सहरूले जेनिन शरणार्थी शिविरमा हाम्रा सेनाहरूलाई हानि पुर्याउने उद्देश्यले विस्फोटक उपकरणहरू फेला पारेका थिए,’ आईडीएफले एक विज्ञप्तिमा भन्यो, ‘त्यसपछि केन्द्रीय…