काठमाडौँ, कार्तिक ९ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो भन्दै एउटा ट्विट जारी गरेका छन् । उनले भनेका छन्, 'भनिन्छ- समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५% जति हुन्छन्; अग्रगामी/वैज्ञानिक चेतना भएका मानिस १०-१५% जति हुन्छन्; कुनै प्रस्ट चेतना नभएका ढुलमुल/मध्यवर्ती मानिस ८०% जति हुन्छन्।त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरुद्ध दरो मोर्चा कसेर बहुसङ्ख्यक मध्यवर्ती वा ढुलमुल जनतालाई तिनको भ्रम जालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो;…
* रामबहादुर जि.सी. 'जिसी सर, तपाईँको निधारमा पनि टीका र जमरा !' टेलिफोन फेसबुक मेसेन्जरमामा प्राय: संस्कृति र सांस्कृतिक रूपान्तरण प्रति चिन्ता र सरोकार राख्ने थुप्रै शुभेच्छुक मित्रहरूले यक्ष प्रश्नहरू तेर्स्याउनु भएको छ। पक्कै पनि नेपालमा मनाइने धेरै जसो चाडपर्वहरू जस्तै दसैँ, तिहार, तिज, माघे सङ्क्रान्ति ,चैते दसैँ ,कुल पूजा,देवाली अर्थात् गोतियार भेला इत्यादिमा आध्यात्मिक तथा धार्मिक मिथकहरू जोडिए पनि उपरोक्त चाडपर्वहरूमा प्रकृति तथा वातावरणीय प्रभावका भूमि ,जङ्गल ,आगो ,पानी ,हावाको सम्झना सम्मान तथा पूजा गरिन्छ। जसमा आफन्त ,मान्यजन , इष्टमित्र,भाइ भतिजा ,साथी सङ्गीहरू बिच विचार आदानप्रदान , सुख दुःख साटफेर ,पारिवारिक पुनर्मिलन हुने र गराउने अवसरको रूपमा यी चाडपर्वहरूको…
* रामराज रेग्मी यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र…
* बिनु 'खुसी' हरियाली थियो मौसम रङ्गी विरङ्गी ती सपना मुना थियो काखामा हर्षित थिए बिपना नसुती बिते दिन अनि रोएरै कटे कति रातहरू हुण्डरी बनी आयो कापे मेरा हातहरू नसोचेको नसम्झेको यो के भो सपना ? सारा खरानी भई चकनाचुर पो भो आशा पनि मर्न थाले मन खुसी भएन शरीरले बाटो छेके पनि मन गलेको थिएन अर्ध नारी भएछु ! कठै हराएछन् मेरा रङ्गहरू लड्दै हिँडे भिड्दै हिँडे जित्नु छ जङ्ग भनी दुख्यो छाती गले मेरा हातहरू कतै छुट्ने हुनकी कठै समाउने ती साथहरू मनमा आशा आफ्नाको भरोसा मौलाउने थाले फेरि नयाँ पालुवा आफू भित्रको दृढ विश्वास अनि आफ्नाको माया दरो…
काठमाडौँ, कार्तिक ८ । बेलायतमा रहेको मानवअधिकार सङ्गठन एमनेस्टी इन्टरनेशनलले इजरायली अधिकारीहरूले गाजामा जबरजस्ती 'निकासी' आदेशहरू खारेज गर्नुपर्ने तथा नागरिकहरूमा डर र त्रास सिर्जना गर्ने धम्कीहरूको अन्त्य गर्नुपर्ने बताएको छ । एमनेस्टी इन्टरनेशनलका वरिष्ठ सङ्कट प्रतिक्रिया सल्लाहकार डोनाटेला रोभेराले एक विज्ञप्तिमा भनेका छन्, 'पूरै सहर वा क्षेत्रलाई सैन्य क्षेत्र घोषणा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुन्छ, आक्रमण गर्नेहरूले सधैँ नागरिक र लडाकुबिचको बिचको भिन्नता छुट्टाउनुपर्छ।' 'नागरिकहरूलाई निशाना बनाएर वा नागरिकहरूलाई मार्ने वा घाइते बनाउने अन्धाधुन्ध आक्रमणहरू गरेर मानवअधिकारको उल्लङ्घन गर्नु युद्ध अपराध हो,' उनले थपे। यसबाहेक, मानव अधिकार समूहले इजरायली सेनाले छोडेको पर्चाहरू, बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै, इजरायलले उत्तरी गाजाका…
* नारायण ढकाल दूषित हावा भरेर नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू चकलेटी आसमा तानिएर जीवनवादी/जीवनदायी दर्शन बिर्सेर गौरवमय इतिहासको अपव्याख्या गर्दै युरोप र अमेरिकाका गल्लीहरूमा वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर सारहीन बोक्रेदर्शन र कलाहीन सिद्धान्तको महिमा गाउँछन् र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन् अनि,श्रीखण्डलाई लत्त्याएर धमिरे काठमा सुवास र शीतलता खोज्ने असफल प्रयासमा रमाउँछन्। विषालु बेलुनहरू! विगत विश्व-रङ्गमञ्चमा भएका जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको बीभत्स इतिहासबाट बेफिक्र शकुनिको निर्देशनमा आफ्नै आमाको पेटमा धारिलो हतियार सोझ्याउँदै सामाजिक सद्भावको घाँटी निमोठेर एकतामा अनेकताको विघटनकारी आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन् र मृत्यु गीत गाउन तम्सिन्छन्। हावा महलमा उडेका बेलुनहरू, क्षणिक उँचाइलाई वास्तविक…
काठमाडौँ, कार्तिक ६ गते । । काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा समेत नेपालले युएईलाई ५ विकेटले हराएको छ । युएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालको जितमा आसिफ शेखले शानदार ६२ रन बनाए । रोहितले ४७ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा अविजित ४० रनको योगदान गरे । यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १…
* दिल साहनी पारिजातलाई मैले सर्व प्रथम मित्र दुर्गा प्रसाद अधिकारीसित शिलाङको ग्रायन्ड होटेलमा देखेको हुँ। त्यति बेला उनले मलाई 'काठमान्डुमा देखे जस्तो लाग्यो' भनिन् । मैले जबाफमा भनेको थिएँ - 'म काठमान्डु कहिले गएको छैन' । त्यति बेला पारिजात राल्फा आन्दोलनमा लागेको थिइन् । दोस्रोपल्ट मैले पारिजातलाई बनारसमा दूध बिनायकको जगदम्बा धर्मशालामा भेटेको हुँ । त्यति बेला कमरेड मोहनविक्रम सिंहले भाषण गरिरहेका थिए । फेरि पनि पारिजातले मलाई ठहराउन सकेकी थिइनन् । ठम्याउन भने खोजेकी रहिछन् - 'एमबीको भाषण गम्भीरतापूर्वक सुनिरहेको व्यक्तिको रूपमा' । सो कुरा उनकै मुखबाट सुनेको थिएँ । तेस्रोपल्ट पनि मैले पारिजातलाई बनारसमा भेटेको थिएँ ।…