शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान

२५ चैत्र, काठमाडौं - सरकारले २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्हवान गरेको हो । जसअनुसार ८ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि कार्यालयले आइतबार (चैत २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार (चैत २७ मा) ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । पछिल्लो पटकको बोलकबोलमा ३.०१ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा…
Read More
गण्डकीको मुख्यमन्त्री नियुक्तिको बिषय  अदालत जाने संकेत

गण्डकीको मुख्यमन्त्री नियुक्तिको बिषय अदालत जाने संकेत

२५ चैत्र, गण्डकी - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्री पदमा नियुक्त गर्दै अपराह्न शपथ गराएका हुन्। गण्डकी सरकारमा नेकपा (माओवादी केन्द्र) बाट संसदीय दल नेता हरिबहादुर चुमान र नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका राजीव गुरूङ (दीपक मनाङ्गे) पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्। अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई जोडेर सरकार बनाउन आवश्यक बहुमत अर्थात ३१ जनाको समर्थन छ भन्दै आइतबार मुख्यमन्त्री दाबी गरेका थिए। अधिकारीको दाबी कानुनी परीक्षणसमेत नगरी प्रदेश प्रमुख भट्टले तुरून्त मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दिएको समय चैत २७…
Read More
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

२५ चैत्र, लुम्बिनी - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । साथै मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्। शपथ लिनेहरुमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्। उनीहरू सबै विनाविभागीय मन्त्री हुन्।
Read More
सर्वपक्षिय सहमति गरेर नयाँ निष्कर्ष निकालौं : पूर्वराजा ज्ञानेन्द्र शाह

सर्वपक्षिय सहमति गरेर नयाँ निष्कर्ष निकालौं : पूर्वराजा ज्ञानेन्द्र शाह

२५ चैत्र, जुम्ला - पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक खानकै लागि काम खोज्न भौंतारिरहेको देख्दा मनभरि पीडा हुने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्न र नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी हुन शनिबार जुम्ला पुगेका पूर्वराजा शाहले अथाह सम्पदा हुँदा हुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे । आफ्नै पाखुराको बलमा अघि बढ्नुपर्ने समय आइसकेको स्मरण गराउँदै शाहले यातायातको विकटता र हावापानीको जटिलता भएका क्षेत्रमा रहेको स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए। ‘रोजगारीका लागि जन्मे हुर्केको थातथलो छोडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यता छ। अर्काको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ पूर्वराजा शाहले भने,…
Read More
प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

२४ चैत्र, काठमाडौं - प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएसँगै ३२ जनाको मनोनयन दर्ता भएको छ । आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् भने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ । 'प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु…
Read More
देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन नेता चन्द्र भण्डारीको आग्रह

देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन नेता चन्द्र भण्डारीको आग्रह

२४ चैत्र, बुटवल - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरेका छन् । शनिबार बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले ठूला दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको उल्लेख गरे । अपवाद वाहेक अधिकांश नेताहरु देश बनाउन होइन आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ । ‘नेताहरुको ध्यान देश बनाउनुपर्छ भन्ने छँदैछैन, आफू र आफ्ना मान्छे बनाउने वाहेक अरु कुरामा गएन,’ भण्डारीले भने, ‘यही कारण मुलुकका समस्याहरु वर्षौंदेखि जस्ताको त्यस्तै छन् ।’ सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु…
Read More
नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हो : गगन थापा

नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हो : गगन थापा

२४ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पुरानो जोसुकैले गरेको भएपनि भ्रष्टाचार भ्रष्टाचार हुने र त्यसबाट कसैले पनि छुट नपाउने बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ‘भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टचार नै हुन्छ,’। त्यस्तै महामन्त्री थापाले जतिसुकै शक्तिशालीले र जतिसुकै कमजोरले गरेको भएपनि ठगी ठगी नै हुने र त्यसबाट कसैले छुट नपाउनु नहुने बताए। ‘सर्वसाधारणले गरेको कुनै काम ठगी हो भने शक्तिशालीले गरेको ठगी पनि ठगी नै हो । यदी सर्वसाधारणले गरेको कुनै काम कीर्ते हुन्छ…
Read More
सुनसरीका केही स्थानीय तहमा कर्फ्यु आदेश

सुनसरीका केही स्थानीय तहमा कर्फ्यु आदेश

चैत्र २३, सुनसरी - सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको सुनसरी प्रशासनले जानकारी दिएको छ । कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामुहिक रुपमा गरिने कुनै…
Read More
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

चैत्र २३, बुटवल - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ दलका ४७ र एक स्वतन्त्रसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । महरालाई एमालेका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एकिकृत समाजवादीका १ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्रीको सपथ भने आइतबार दिउँसो १ गराउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
Read More
त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूको आग्रह

चैत्र २३, काठमाडौं - त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। उनीहरूले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रजिष्ट्रार र रेक्टर नियुक्तिमा अस्वाभाविक ढिलाइ भएको भन्दै योग्यताका आधारमा त्रिवि पदाधिकारीहरू अविलम्ब नियुक्ति गर्न आग्रह गरेका हुन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले निकालेको विज्ञप्तिमा पदाधिकारी नियुक्तिमा ढिलाइ भएको उल्लेख गरिएको छ। ‘लामो समय  बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिष्ट्रार जस्ता पदाधिकारीको नियुक्तिमा अस्वाभाविक ढिलाइ भइरहेको छ,’ उनीहरूले भनेका छन्, ‘नियुक्तिमा ढिलो भएको कारणबारे  सम्बन्धित मन्त्रालय र त्रिभुवन विश्वविद्यालय दुवै मौन छन्। त्यसबाट  त्रिविको शैक्षिक एवं प्रशासनिक कार्यमा पर्नसक्ने वा परिरहेका  समस्याहरूप्रति जिम्मेवार व्यक्तिहरू चिन्तित हुनु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search