मंसिर ७, काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी गरेको छ । टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र सरकारसँग लिखित जवाफ मागेको थियो । बिहीबार आदेशको लिखित रुप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरुले प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न नमिलेको उल्लेख गरेको हो । आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपालको कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुंगो लाग्नु…
काठमाडौँ, ७ मङ्सिर । एमाले निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा सङ्घका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरूले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । तस्बिर : बाबु छत्कुली
काठमाडौँ, ७ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा झडप भएको छ। बल्खुमा जम्मा भएको प्रदर्शनकारी कालीमाटी हुँदै सहर जानेछन् भनेर प्रसाईँले आव्हान गरे पछि प्रहरीले रोकेको हो । प्रदर्शनकारी कालीमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरु भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा प्रहरीले अश्रुग्याँस छाडेको छ। प्रसाईँले अब आन्दोलनकारी `सहर पस्ने´ भने पछि कालीमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो । प्रहरीले रोके पछि दुवै पक्ष बिचमा झडप सुरु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।
काठमाडौँ, ७ मङ्सिर । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । २०८० मङ्सिर ७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४।४६५ मिलियन ९करिब ६५ करोड० अनुदान स्वीकृत गर्ने । ३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक…
विशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा नै कलह सिर्जना गर्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ । बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ । २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ । यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा…
काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ…
धनकुटा, ७ मङ्सिर । धनकुटामा एकाघरका तीन व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधवार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनै जना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ । यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ बर्सिया पत्नी झुमा र ११ वर्षका छोरा आयुध रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट…
प्योङयाङ, ७ मङ्सिर । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासुस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको २०१८ शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरू बिच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो। गत मे र अगस्टमा असफल भए पछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक…
काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख,…