मुकेश कुमार यादव सिराहा, १ कार्तिक । अन्य समय भन्दा बढी दसैँमा बढी मूल्यमा बिक्री हुने खसी वोकाको मूल्य आर्थिक मन्दीका कारण घटे पछि किसानहरू मर्कामा परेका छन् । अत्यधिक मात्रामा मासुको खपत हुने दसैँमा नै आर्थिक मन्दीका कारण तराई मदेसका बजारहरूमा खसी–बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भए पछि किसानहरू चिन्तित बनेका हुन् । सिराहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोल बजारको मङ्गलवारे बजारमा बिक्रीको ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका १३ हजारमा बिक्री गरेको बताए। उनले भने, ‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नु पर्यो।’ बजारमा खरिद…
तेहरान, १ कार्तिक । गाजास्थित अस्पतालमा भएको आक्रमणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुद्ध भएको छ । अस्पतालमा आक्रमण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ विरुद्ध विश्वलाई एक हुन आव्हानसमेत गरेको छ । गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेश मन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विस्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’…
काठमाडौँ, १ कार्तिक । इजरायल र हमास बिचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औँ दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको सङ्ख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये…
काठमाडौँ, ३० असोज । काठमाडौँको गैरीगाउँस्थित भ्याली बाबा सप्लायर्स सिल गरिएको छ। काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो। प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको बताइएको छ।
धनगढी, ३० असोज । कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ। जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। सुपर गुराँस यातायातको बस चुरे गाउँपालिका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षति भए पनि सवार यात्रु सकुशल रहेको बताइएको छ।
काठमाडौँ, ३० असोज । नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डङ्गोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, सङ्गीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको…
काठमाडौँ, ३० असोज । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो । एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगले जारी गरेको सूचना दल त्याग तथा पद रिक्त सम्बन्धी…
काठमाडौँ आश्विन ३० । कोशीमा एमाले सहितको मन्त्रीपरिषद् गठन गठबन्धनको समझदारीको विपरीत छ र त्यस प्रकारको सरकारको गठनले देशलाई प्रतिगमनको दिशामा लैजानको लागि उन्मुख गर्ने भन्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गरेका छन् । उनले वक्तव्यमा भनेका छन् ः हामीले कोशीमा बनेको एमाले सहितको सरकारको कडा शब्दमा विरोध गर्दछौँ । हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि ने.का.भित्रको प्रतिपक्षले, एकातिर, एमालेसित गठबन्धन गरेर सरकार बनाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गर्दै छ भने अर्कातिर अमेरिकन परस्त तत्त्वहरूसित पनि गठबन्धन गरेर देशमा अमेरिकी साम्राज्यवादको इण्डोप्यासिफिक र तिब्बत सम्बन्धी रणनीतिको लागि नेपालको भूमि प्रयोग गर्नका लागि आधार तयार पार्ने प्रयत्न गर्दै छ । हामीले पहिले…
काठमाडौँ, ३० असोज । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मङ्गलवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिएर अभियानको सुरुआत गरेका हुन् । २८ असोजमा पर्वत जिल्ला प्रशासन कार्यालयबाट कुलले नागरिकताको प्रमाणपत्र पाएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्ण पाठ : १. गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दसैँ, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २. गैरआवासीय नेपाली सङ्घको…