मंसिर ३ ,रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, “हिजो हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौं । जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन । दलाल पूँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन । तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन ।” सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने…
मंसिर ३ ,काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ । यस सिरिजको फाइनल…
काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।
मंसिर २, काठमाडौँ । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण मृत्यु हुनेहरु बढिरहेका छन् । चिसो बढ्दै जाादा भूकम्प प्रभावितको लागि न्यानो कपडा र बस्ने बासको राम्रो व्यवस्था नहुँदा बिरामी बढेका मात्रै छैनन्, मृत्यु हुनेको सङ्ख्या समेत बढिरहेको छ । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको हो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक…
काठमाडौँ, २ मङ्सिर । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेटन नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै ११३ रन बनाएको थियो । सिरिजमा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले…
काठमाडौं, २ मंशिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा…
काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् ।
मंसिर २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर…
१ मंसिर, काठमाडौं । छठपर्व विधिवत् रूपमा आज (शुक्रबार) देखि सुरु भएको छ । छठमा व्रतालु महिला एवं पुरुषले बिहानै उठेर हात खुट्टाका नङ काटेर र चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । यसरी गरिने नित्यकर्मलाई ‘नहाइ–खाइ’ भनिन्छ । स्नान गरी शुद्ध भएका व्रतालुहरूले ‘अब जथाभावी खाँदिनँ र तन मनले प्रभुको शरणमा बस्छु’ भनी प्रणसमेत गर्दछन् । छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । खर्नाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन व्रतालुले एक छाक मात्र भोजन गर्छन् । छठको दिन अर्थात् अघिल्लो दिनमा…
तेलअहिब, १ मंशिर । इजरायल सरकारका क्याबिनेट सदस्यहरूले दक्षिण गाजामा भूमिमा युद्धका लागि समर्थन जनाएका छन । इजरायलको युद्ध मन्त्रिपरिषद्का दुई सदस्य र यसका एकजना पर्यवेक्षकले दक्षिणी गाजामा सेनाको भूमि आक्रमणको विस्तारलाई समर्थन गरेका छन्, एक वरिष्ठ सुरक्षा अधिकारीले इजरायली मिडिया आउटलेट वाल्लालाई बताए। स्रोतका अनुसार रक्षा मन्त्री योभ गालान्ट, मन्त्री बेन्नी गान्ट्ज र इजरायली सेनाका पूर्व चिफ अफ स्टाफ गाडी आइसेनकोटले बन्दीहरूलाई रिहा गर्ने सम्झौतामा जारी वार्तालाई ध्यान नदिई सैन्य कारवाही अगाडि बढाउनु पर्नेमा जोड गरेका छन् । हालसम्म इजरायली सेना र प्यालेस्टिनी लडाकुहरू बीचको लडाई सहरको उत्तरमा मात्रै केन्द्रित छ । जसले लाखौं प्यालेस्टाइनीहरूलाई दक्षिणतिर भाग्न बाध्य पारेको…