शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

गण्डकी प्रदेशका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेशका दुई मन्त्री बर्खास्त

गण्डकी प्रदेशका दुई मन्त्री बर्खास्त

२२ फाल्गुन, पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेका छन् । माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडालाई बर्खास्त गरेका हुन् । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि मुख्यमन्त्रीले मन्त्री फेरेका हुन् ।
Read More
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत

एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत

२२ फाल्गुन, काठमाण्डौं - नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । बर्तौला यसअघि सचेतक थिए । बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो ।
Read More
चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति

चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति

२१ फाल्गुन, काठमाण्डौ - चार दलीय सत्ता गठबन्धनबीच आठ बुँदे सहमति भएको छ । बालुवाटार बैठकमा नेताहरूबीच विभिन्न आठ बुँदामा सहमति भएको हो । सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ भने उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ । यसैगरी सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ । दलहरूबीच सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ । यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम…
Read More
सत्ता गठबन्धन औपचारिकरुपमा परिवर्तन

सत्ता गठबन्धन औपचारिकरुपमा परिवर्तन

२१ फाल्गुन, काठमाण्डौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ता गठबन्धन परिवर्तन गरेका छन्। सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल (डिपी) ले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष  विनाविभागीय मन्त्रीको शपथ लिए सँगै सत्ता गठबन्धन औपचारिकरुपमा परिवर्तन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितका दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनमा भएको सहमतिअनुसार सोमबार तीन मन्त्रीले शपथ लिएका हुन् । गठबन्धनमा जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी हुने भनिए पनि सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा ती पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन्। दलहरूले…
Read More
एकीकृत समाजवादीले गुण र दोषका आधारमा धारणा बनाउने

एकीकृत समाजवादीले गुण र दोषका आधारमा धारणा बनाउने

२१ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएकोबारे स्पष्ट भइनसकेको भन्दै नेकपा एकीकृत समाजवादीले गुण र दोषका आधारमा धारणा बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर एमालेसहितका दलहरुसँग अर्को गठबन्धन बनाएपछि सोमबार दिउँसो बसेको बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा धारणा बनाउने निर्णय गरेको हो । बैठकपछि महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण र दोषका आधारमा पार्टीले आफ्ना नीतिहरु स्पष्ट पार्ने बताएका छन् । 'प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उदेश्य, प्रक्रिया र संरचना…
Read More
आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भईरहन्छ : पुष्पकमल दाहाल

आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भईरहन्छ : पुष्पकमल दाहाल

२१ फाल्गुन, काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक-पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम' मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताएका हुन् । 'माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गडगडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,' प्रधानमन्त्री दाहालले भने । दाहालले आजको दिनलाई…
Read More
राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले लिए शपथ

राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले लिए शपथ

२१ फाल्गुन, काठमाण्डौं - राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले शपथ लिएका छन् । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएकी हुन् । गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रियसभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एकजना सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।  राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । राष्ट्रियसभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको छ । राष्ट्रियसभामा माओवादी सदस्यको संख्या १७ पुगेको छ । त्यस्तै, कांग्रेसका १६ सदस्य छन् । शपथपछि राष्ट्रियसभाका सदस्यहरूले संविधानअनुसार कानुन र नीति बनाउन ध्यान दिने बताएका छन् । राष्ट्रियसभाका…
Read More
अन्तिम समयमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित

अन्तिम समयमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित

२० फाल्गुन, काठमाण्डौं - परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलिरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । मन्त्री साउदले उक्त फोरममा ग्लोबल कोअडिनेसन ब्यूरो अफ द लिस्ट डेभलप कन्ट्रिज (अतिकम विकसित मुलुक–एलडीसी) को अध्यक्षको हैसियतमा उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका…
Read More
मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला देउवाले गरे मन्त्रीहरुसँग छलफल

मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला देउवाले गरे मन्त्रीहरुसँग छलफल

२० फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए । मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा उत्पन्न तनावका बीच सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ भने त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ । मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि कांग्रेस सभापति देउवाले आफ्नो दलका मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।
Read More
मेयर बालेन शाहलाई मानव अधिकारकर्मीहरूको खुला पत्र

मेयर बालेन शाहलाई मानव अधिकारकर्मीहरूको खुला पत्र

२० फाल्गुन, काठमाण्डौं - मानव अधिकारकर्मीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तानाशाही, निरंकुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माणको बाटो परित्याग गर्न आग्रह गर्दै खुला पत्र लेखेका छन्। उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको उल्लेख गरेका छन्। ‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो। तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्‍याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन्। गत फागुन १६ गते साँझ काठमाडौंका नगर प्रहरी सुन्धारा क्षेत्रमा व्यापारीहरूमाथि जाइलागेको थियो। ‘सडक व्यापारीमाथिको श्रृंखलाबद्ध…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search