काठमाडौं, १३ कात्तिक । आफूलाई अभियन्ता बताउने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ । ललितपुर महालक्ष्मी नगरपालिकाका बलाराम बोगटीले आफू विरुद्ध अनर्गल प्रचार गरेर बेइज्जती गरेको भन्दै बरालविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । टिका योगी वारेसमार्फत सिएन १५५९ दर्ता गराएको गाली बेइज्जती रिट निवेदनमा बोगटीले उल्लेख गरेका छन्, ‘विपक्षीलाई अरूको मान सम्मान र प्रतिष्ठामा आँच आउने गरी बोल्न लेख्न हुँदैन, गाली गर्नु हुँदैन र झुटा आरोप लगाउनु हुँदैन भन्ने थाहा छ तर, म एक महिला अभियन्ताको भएको मलाई कसैले केही कारबाही गर्न सक्दैन, म प्रहरी प्रशासनसँग डराउन्न भनी म जस्तो प्रतिष्ठित महिला उपर…
बारा, १३ कात्तिक । बाराको कलैयामा अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।
काठमाडौँ, १३ कात्तिक । काठमाडौँमा जारी आइसिसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नट आउट रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५…
गाजा, १३ कार्तिक । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन् । केही घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन् । ‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’ यसअघि पनि टेड्रोसले…
काठमाडौँ, १३ कार्तिक । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुदैँछ । आइसिसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैँछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुई वटा रङ्गशालामा प्रतिस्पर्धा गर्दैछन । जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।
नयाँ दिल्ली, १३ कार्तिक। आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई वटा यात्रुवाहक रेल एक आपसमा ठोक्किएका छन् । यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। सो दुर्घटना पर्ने रेलहरूमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको…