२३ माघ, काठमाण्डौं - सुमेरू सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरूद्ध 'रेड नोटिस' जारी भएको छ। प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा अनुरोध भएपछि उनीविरूद्ध रेड नोटिस जारी भएको हो। सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महर्जनविरूद्ध अनुसन्धान गरिरहेको थियो। सुमेरू सहकारीका कर्मचारीका अनुसार महर्जन बेलायत 'भागेका' छन्। सहकारीबाट अपचलन गरेको धेरै सम्पत्ति उनले श्रीमतीका नाममा सारेका छन्। सो सम्पत्ति जोगाउन उनले श्रीमतीसँग नक्कली डिभोर्स गरेका छन्। तर उनकी श्रीमती पनि अहिले उनीसँगै बेलायतमै छिन्। कुनै एक देशमा अपराध/गैरकानुनी काम गरेर अन्य देशमा भागेकाहरूलाई खोजी गर्न रेड नोटिस जारी गरिन्छ।
२३ माघ, काठमाण्डौं - भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का सहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार अधिकृत खड्कासहित मनोज तामाङ, सरोज कुमार यादव र अरूण दाहाललाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो भने अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो । प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत खड्का पक्राउ परेका…
२३ माघ, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर महासचिव नियुक्त भएको जानकारी गराएका छन् । 'राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका- १, पाल्पा जिल्ला निवासी पद्मप्रसाद…
२३ माघ, काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राख्नु नहुने बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने पनि बताए। ‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन, कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक।’ केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए। ‘प्रश्न, गाली हिजो पनि आउँथ्यो, सामान्य थिएन। डरधम्की पनि आउँथ्यो यहाँहरूलाई थाहै छ,’ उनले भने, ‘त्यो सञ्चारकर्मीलाई सामान्य र दैनिकी नै हो। त्यसको सामना मैले पनि…
२३ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न नसक्ने बताएका छन्। काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता गरेको छ। नेकपा (एमाले) ले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम गठबन्धनले गर्न सक्दैन।’ गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको रिजालको भनाइ छ। उनले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिराख्ने पनि बताए।