शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० फाल्गुन ११, शुक्रबार

परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी

परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी

११ फाल्गुन, काठमाण्डौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार आमा सविनाले हातमा भएको फोहोर फ्याँक्ने बेला बच्चा बोकेर सहयोग गर्ने भन्दै छेउमा आइपुगेकी एक अपरिचित महिलालाई बच्चा बोक्न दिएकी थिइन् । डस्टबिनमा फोहोर फ्याँकेर फर्किँदा ती महिला बच्चा लिएर फरार भएको सविनाको जाहेरी छ । बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको परिसरले  जानकारी दिएको छ ।
Read More
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

११ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको बताए । त्यस्तै दाहालले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यकोतर्फबाट पाउन नसकेको बताए । ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ती महान् शहीद र बेपत्ता योद्धाहरुलाई राज्यकोतर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ । तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी नै छन् । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण…
Read More
कानूनको कार्यान्वयन नहुँदा मिटरब्याज पीडितहरुले न्याय पाउने अवस्था बनेन

कानूनको कार्यान्वयन नहुँदा मिटरब्याज पीडितहरुले न्याय पाउने अवस्था बनेन

११ फाल्गुन, काठमाण्डौं - राष्ट्रिय सभाका सांसदहरुले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मिटरब्याज पीडितहरु न्यायका लागि भन्दै पैदल हिँडेर संघीय राजधानी आइपुग्नु दुःखद् भएको भन्दै कानुन कार्यान्वयन गरेर पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका भन्दै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको बताइन् । सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले नागरिकको आवाजको पक्षमा सरकारले काम गर्न नसकेको धारणा राखिन् । अर्का सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search