शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० फाल्गुन ३०, बुधबार

प्रधानमन्त्रीले संसदमा प्राप्त गरे १५७ जनाको विश्वासको मत

प्रधानमन्त्रीले संसदमा प्राप्त गरे १५७ जनाको विश्वासको मत

३० फागुन, काठमाडौं  - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा १५७ जनाको विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले पाँच दलीय गठबन्धनको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्। २ सय ६८ सांसद् उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा १ सय ५७ मत पर्‍यो भने विपक्षमा १ सय १० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली १५५ बमोजिम विश्वास मतका लागि प्रस्ताव पेश गरेका थिए। कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा एमालेसहितको पाँच दलीय गठबन्धन बनाएका थिए। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी छन्। प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति, आम जनता पार्टी,…
Read More
कांग्रेसलाई प्रधानमन्त्रीको शुभकामना: एक्लै लड्नुहोला, बहुमत ल्याउनुहोला

कांग्रेसलाई प्रधानमन्त्रीको शुभकामना: एक्लै लड्नुहोला, बहुमत ल्याउनुहोला

३० फागुन, काठमाडौं  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्ष कांग्रेसभित्रको द्वन्द्वले सरकार र गठबन्धनमा आफू आजित भएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई बुधवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमा समस्या परेको बताए । प्रतिनिधिसभाको बैठकमा आफूलाई धोकेबाज भनेकोमा पनि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाए । 'संवैधानिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भए ?,' उनले भने, 'निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरूले युद्धविराम नै गरेर मप्रति नयाँ निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेको महसुस गरेको छु । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ ।' गठबन्धन बदलिएपछि कांग्रेसका दुई समूहबीच…
Read More
कांग्रेसलाई केपी शर्मा ओली आग्रह: बसौं, कुरा गरौं

कांग्रेसलाई केपी शर्मा ओली आग्रह: बसौं, कुरा गरौं

३० फागुन, काठमाडौं  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सम्वादमा आउन आग्रह गरेका छन् । पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं न भन्दा कांग्रेसले नमानेको ओलीले बताए । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले भने, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’ उनले अगाडि भने, ‘तीन तीन वर्षसम्म, पुराना मित्र हौ हामी । यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन ।’ संसदमा कुनै पनि दलको बहुमत नभएको र कांग्रेसको केही सिट बढी ल्याए पनि पपुलर भोटमा एमाले…
Read More
एमाले र कांग्रेसले सहकार्य गरे प्रधानमन्त्री पुष्पकमल दाहाल  को राजनीतिक भविष्य के के हुँने: विश्वप्रकाश शर्मा

एमाले र कांग्रेसले सहकार्य गरे प्रधानमन्त्री पुष्पकमल दाहाल को राजनीतिक भविष्य के के हुँने: विश्वप्रकाश शर्मा

३० फागुन, काठमाडौं  - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न गरेका छन्। बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावमाथि कांग्रेसको तर्फबाट छलफलमा भाग लिँदै शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यात्रा कहाँ पुग्छ भनी प्रश्न गरेका हुन्। ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो,’ शर्माले भने, ‘कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू!’ त्यस्तै शर्माले देशमा विश्वासको खडेरी परेको बताउँदै भने, ‘गजबचाहिँ के छ…
Read More
रेशम–रञ्जिताको विवाद उत्कर्षमा: रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने गरे  संकेत

रेशम–रञ्जिताको विवाद उत्कर्षमा: रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने गरे संकेत

३० फागुन, काठमाडौं -  सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक बिवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बुधबार लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षकसमेत रहेका रञ्जिताका श्रीमान  रेशमलाल चौधरी भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् । ‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको…
Read More
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई  चिनियाँ  र  भारतीय समकक्षीको बधाई

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ र भारतीय समकक्षीको बधाई

३० फागुन, काठमाडौं - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई  चिनियाँ  र  भारतीय समकक्षीले बधाई ज्ञापन गरेका  छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्करले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उनीहरूप्रति आभार प्रकट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search