शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० चैत्र ९, शुक्रबार

च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

९ चैत्र, काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको छ । शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। मन्त्रिपरिषद्, सम्बन्धित मन्त्रालय र निकायको निर्णयबिनै सरकारी जग्गा कारखानाको नाम दर्ता भएको देखिएकाले त्यसलाई सरकारकै नाममा फिर्ता गरेर दर्ता गर्ने निर्णय भएको भूमि व्यवस्था मन्त्री बलराज अधिकारीले बताए । ‘२०४४ सालमा दुई पटक गरी १० रोपनी सरकारी जग्गा बाँसबारी छाला जुत्ता कारखाना र च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको रहेछ । त्यसलाई फिर्ता गर्ने र…
Read More
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता

९ चैत्र, काठमाडौं - बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था राखेर उक्त विधेयक अर्थ मन्त्रालयले गत सोमबार प्रतिनिधिसभामा दर्ता गराएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न आवश्यक रहेको भन्दै यो विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । प्रविधिमा आएको परिवर्तनलाई प्रयोग…
Read More
सभामुख देवराज घिमिरे सहित १० जनाको टोली स्विजरल्यान्ड प्रस्थान

सभामुख देवराज घिमिरे सहित १० जनाको टोली स्विजरल्यान्ड प्रस्थान

९ चैत्र, काठमाडौं - सभामुख देवराज घिमिरे नेतृत्वको टोली इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू) को सम्मेलनमा भाग लिन बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ । आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड गएका हुन् । आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको जेनेभामा हुँदै छ । सभामुखको टोलीमा प्रमुख दलका प्रमुख सचेतक सहभागी छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार भ्रमण दलमा छन् । यस्तै, राष्ट्रियसभाकी माओवादीतर्फकी सदस्य गंगाकुमारी बेलबासे, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, सभामुख घिमिरेका प्रमुख स्वकीय…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search