शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

समाचार

महिलाको हत्या अभियोगमा  तीन जना पक्राउ

महिलाको हत्या अभियोगमा तीन जना पक्राउ

  पर्सा, १६ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीय कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले…
Read More
सामाजिक सञ्जालको दुरुपयोग गर्दा नेपालगन्जमा तनाव

सामाजिक सञ्जालको दुरुपयोग गर्दा नेपालगन्जमा तनाव

काठमाडौँ । बाँकेको नेपालगन्जमा कर्फ्यु आदेश जारी भएको छ। दुई धार्मिक समुदायमाझ तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । २०८० असोज १६ गते मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ। पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुल हुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरूले स्ट्याटस पोस्ट गरेको विषयप्रति विरोध जनाउँदै मुस्लिम समुदायले र्‍याली निकालेको थियो।  मङ्गलवार बिहान मुस्लिम…
Read More
नोबेल पुरस्कार विजेताको घोषणा

नोबेल पुरस्कार विजेताको घोषणा

याे वर्ष दिइने नोबेल पुरस्कारको विजेताहरूको घोषणा गरिएको छ । कोभिड १९ विरुद्धको खोप बनाउन प्रभावकारी भूमिका निर्वाह गरेका औषधि शास्त्र क्षेत्रका कैटालिन कारिको र ड्रु विसमेनलाई यो पुरस्कार दिन लागिएको आयोजकले जानकारी गराएको छ । स्मरण रहोस् सबैभन्दा पहिलो नोबेल पुरस्कार सन् १९०१मा एक्स रे को खोज गरेबापत विल्हेम रान्टगनलाई दिइएको थियो । सुरुमा यो पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, मनोविज्ञान, औषधि शास्त्र, साहित्य र शान्तिको क्षेत्रमा विशेष योगदान पुराएकाहरूलाई दिइन्थ्यो। सन् १९६८ पछि अर्थशास्त्रको क्षेत्रमा योगदान पराउने व्यक्तित्वलाई पनि दिन थालिएको हो ।
Read More
हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो । ‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’ प्रधानमन्त्री पुष्पकमल…
Read More
सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

सर्वोच्च द्वारा मुस्लिम धर्ममा रहेको तीन तलाकलाई गैर कानुनी ठहर 

      काठमाडौँ : इस्लाम धर्म अनुसार तीन पटक तलाक भनेकै आधारमा सम्बन्ध विच्छेद भएको मानिने परम्परा रहे पनि सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको छ।सर्वोच्चको संयुक्त इजलासले मुस्लिम समुदायमा कायम रहेको तलाकलाई सम्बन्ध विच्छेद मान्न नसकिने व्याख्या गर्दै कानुनी रूपमा सम्बन्ध विच्छेद नभई अर्को विवाह गरे बहुविवाह हुने ठहर गर्दै पुरुषलाई सजाय समेत सुनाएको छ। २०७९ चैत २६ गते टङ्कबहादुर मोक्तान र हरि फुयाँलको संयुक्त इजलासबाट एक मुद्दामा फैसला आएको थियो। तर पुर्णपाठ हालै सार्वजनिक भएको हो। पूर्ण पाठमा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदलाई प्रचलित नेपाल कानुनले मान्यता नदिएको र सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन…
Read More
चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

चीनले कालापानी क्षेत्रलाई भारतीय भूमिमा देखाएर नक्सा प्रकाशित गरेकोमा आपत्ति

नेपाल–चीन संयुक्त वक्तव्यमा नेपालको नक्साबारे कुरा नउठाइएकोमा नेकपा(मसाल)ले गम्भीर आलोचना गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले त्यस प्रकारको आलोचना गर्दै बिहीबार एक वक्तव्य जारी गर्नुभएको छ वक्तव्यको पाठ यस प्रकार छ – प्रेसवक्तव्यको पूर्ण पाठ : “प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्य प्रकाशित भएको छ । त्यो वक्तव्यका सन्दर्भमा सर्वप्रथम हामीले दुई ओटा कुरा उल्लेख गर्न चाहन्छौँ : प्रथम– त्यो वक्तव्यमा चीनको नयाँ प्रकाशित नक्सामा नेपालको भूमिलाई भारतमा देखाइएकोबारे नेपालले त्यसबारे कुरा उठाएको कुनै कुराको उल्लेख गरिएको छैन । प्रधानमन्त्री चीनमा जानुभन्दा पहिले हाम्रो पार्टीले जारी गरेको वक्तव्यमा पनि त्यो प्रश्नमा नेपालका प्रधानमन्त्रीले कुरा उठाउने सम्भावना…
Read More
‘फुटपाथ तथा बाटोमा व्यापार गर्नु गैर कानुनी हो’

‘फुटपाथ तथा बाटोमा व्यापार गर्नु गैर कानुनी हो’

सामाजिक सञ्जालमा बालेनले ई लाई लामो पत्र यसरी सार्वजनिक गरेका छन् । प्रिय ई,  हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईँले उठाएका मागहरूलाई तपाई परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईँले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुवै जना वार्ता बसौँ न भन्दा पनि मान्नु भएन । ठिकै छ, तपाईँको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम् राख्ने कुरा हुन्न ।…
Read More
विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा  ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ ।   मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् । इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा…
Read More
‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’

काठमाडौँ । सडकमा उभिएको सात दिन भइसक्यो । खुट्टा पाक्ला पाक्ला जस्तो भइरहेको छ । दिनमा १८ घण्टा उभिने र ६ घण्टा कुर्सीमै सुत्ने ई बताउँछन् । तर पनि ई भन्छन्, ‘सडक व्यवसायिहरुको पिडाको अगाडि मेरो पिडा केही होइन ।’ ‘सडक, साइकल, गाडा र परम्परागत व्यापारीहरूमाथि गलत भइरहेको छ त्यो गलत हो ।’ ई भन्छन् – ‘काठमाडौँ महानगरपालिकाले गलत गरिरहेको छ । केही धनी मानिसको लागि होइन, गरिबहरूको पक्षमा पनि महानगरपालिका उत्तरदायी हुनुपर्‍यो ।’  सडक व्यापार ले थुप्रै बिदेसिनु बाध्य परिरहेको बताउँदै ई भन्छन् ‘जुन दिन म उभिन छोड्छु एउटा पुस्ताको आशा मरेको छ भन्ने सोच्नुहोला ।’ यसैबिच काठमाडौँ महानगर र…
Read More
चिकित्सक आक्रमणको सर्वत्र भर्त्सना

चिकित्सक आक्रमणको सर्वत्र भर्त्सना

  काठमाडौँ । उपचारमा संलग्न डाक्टरहरूमाथि हातपात भएपछि त्यसको विरोधमा डाक्टरहरू सडकमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरूले काठमाडौँमा सडक प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठुलो सङ्ख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरूको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गरी भौतिक सुरक्षा दिनुपर्ने डाक्टरहरूको मुख्य माग छ । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेका थिए । चिकित्सकहरूमाथि भएको आक्रमणको भर्त्सना गर्दै नेपाली काँग्रेसका नेता भन्नुहुन्छ,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search