चैत्र २१, काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार एक साताको समय दिएका छन्। प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते अपराह्न ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि दाबी पेस गर्न समय दिएका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अहिलेकै प्रदेश मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारीसमेत दिएको उल्लेख छ। बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
१८ चैत्र, काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा लिटरको ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आइतबार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएकोले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।
१८ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा संसद्, संक्रमणकालीन न्याय र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नतालाई लिएर संसद् अवरुद्ध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषद् बैठक पनि आइतबार बिहानै डाकिएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधिन छ । यी विषयहरुमा…
१७ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए । संचार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिने योजना रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । 'सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,' प्रधानमन्त्रीले भने, 'आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।'…
१७ चैत्र, दाङ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्। ‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,' उनले भने। गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए। ‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने। थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो…
१६ चैत्र, काठमाडौं - भारतले नेपाललाई सर्तसहित आगामी तीन महिनाका लागि मात्रै बिजुली आयात गर्नका लागि अनुमति नवीकरण गरेको छ । नेपाल विद्युत् प्राधिकरणले ३ महिना अघिदेखि नै अनुमति नवीकरण गर्न ताकेता गरे पनि हुन सकेको थिएन । भारतले म्याद सकिनुभन्दा तीन दिनअघि मात्रै तीन महिनाका लागि नवीकरण भएको जानकारी दिएको प्राधिकरणले जनाएको छ । गत वर्ष नवीकरण गरिएको म्याद १८ चैत (३१ मार्च) मा सकिँदै छ । आगामी ३० जुनसम्मका लागि भयको नवीकरण अनुसार ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुरबाट ५४ मेगावाट ल्याउने अनुमति छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६५० मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउन अनुमति…
१५ चैत्र, नवलपरासी - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवाद यात्रालाई निरन्तरता दिएका छन् । बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रा सुरु गर्दै थापाले जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने बताए । वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको…
१५ चैत्र, काठमाडौं - बिहीबारबाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्र २ लाख ५३ हजार ६ सय २७, छात्रा २ लाख ५० हजार ७ सय ७२ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेसनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै…
१४ चैत्र, धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै राख्ने भएको छ । संस्थापक केन्द्रीय समितिको बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे सँगै प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताए । उनले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने जनकारी दिए । ‘पार्टीका संरक्षक बिना बसेको अल्पमतको बैठकले गरेको निर्णय कसरी मान्ने ?’, चौधरीले भने, ‘उहाँ (रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो…
१४ चैत्र, काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै बस्नेतले मिडियामा समाचारहरू आएअनुसारको समस्या नभएको दाबी गरे । उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको…