१४ पौष, काठमाण्डौं - नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश…
१४ पौष, काठमाण्डौं - गृह मन्त्रालयले प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत लाई निलम्बन गरेको छ । छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन भन्दै मन्त्रालयले इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई समेत निलम्बन गरेको छ। साथै, ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ।
१४ पौष, काठमाण्डौं - सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। साथै, घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्ने भएको छ। ‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, उक्त घटनामा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने,’ मन्त्रिपरिषद्को निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई…
१४ पौष, भक्तपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याइदिने चेतावनी दिएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डलाई कांग्रेसले नै प्रधानमन्त्री बनाएको र कांग्रेसले नै फेरि त्यहाँबाट हटाउन सक्ने बताएका हुन्। “प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि, प्रचण्डले राम्रो काम गर्न सक्नु भएन भने, खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने,” उनले भने, “बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।” उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे । बालकुमारीमा शुक्रबार भएको घटनाप्रति उनले दुःख व्यक्त गरे । “अहिले…
१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा…
१३ पौष, हेटौंडा - हेटौँडामा बसेको सातै प्रदेशको मुख्यमन्त्रीको बैठकले गत असार १५-१६ मा पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा २०८० असार १६ गते पोखरामा बसेको परिषद्को पहिलो बैठकबाट नेपालको संविधानको कार्यान्वयन प्रभावकारिता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा नागरिकमा प्रवाह हुने सेवा एवम् विकासमा शीघ्रता एवं प्रभावकारिता ल्याउने लगायत निर्णय गरेको थियो । यस्तै, बैठकले गत असार १५ गते पोखरामै बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले पारित गरी प्रधानमन्त्रीसमक्ष पेस गरिएको १७ बुँदे साझापत्र कार्यान्वयनको अवस्था पनि कमजोर रहेको अनुभूति गर्दै शीघ्र कार्यान्वयनका लागि पुनः अनुरोध गर्ने, प्रदेश तथा…
१३ पौष, काठमाण्डौं - बालकुमारीमा भएको झडपमा दुईजनाको मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका– ६ का सुदन राउत र पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको हो । राउतको छातीमा चोट लागेर र शाहको गोली लागेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। घटनामा १० जना सामान्य घाइते छन्। प्रहरीले ६६ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएका थिए । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण…
१३ पौष, काठमाण्डौं - कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि चक्रपथमा प्रदर्शन गरेका छन् । । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित ईपीएस कार्यालय अगाडी सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ मा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
१२ पुष, काठमाण्डौं - बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको जनकारी दिईन । सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने सरकारका प्रवक्ता शर्माले बताईन । उनका अनुसार अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि आफूले कार्यभार सम्हालेको वर्ष दिन पुगेको सन्दर्भमा आफ्नै मन्त्रालयको पुनःसंरचना गरेर नयाँ वर्षमा कामको थालनी गर्ने घोषणा गरेका थिए । त्यही घोषणाबमोजिम कार्यालयको…
१२ पुष, काठमाण्डौं - सत्तारूढ दल नेपाली कांग्रेसले सरकारको समीक्षा गर्न बोलाएको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले गुटको हितमा मात्रै काम गरेको धारण ब्यक्त गरेका छन् । यस सँगै गुटका लागि काम गर्ने मन्त्रीहरूको ‘अपजस’को भारी आफूहरूले नबोक्ने उनीहरूको भनाइ छ । बैठकको पहिलो दिन बिहीबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामको ब्रिफिङ गर्ने भनिएको थियो । तर, स्वास्थ्यमन्त्री मोहन बस्नेतबाहेक अरूले बोलेनन् । मन्त्रिपरिषद्को बैठक रहेको भन्दै सबै मन्त्रीहरू हिँडेका थिए । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सरकारमा 'कांग्रेस छ र ?' भन्ने आशयबाट धारणा राखेका थिए । उनीहरूले कांग्रेस सत्तामा भए पनि 'के हो उपलब्धि' भन्दै प्रश्न गरे । उनीहरूले देशमा भ्रष्टचार बढेको,…