शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रधानमन्त्रीले टीआरसी विधेयकका नाममा नयाँ सत्ता समीकरण बनाउने काम गरेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गुनासो

प्रधानमन्त्रीले  टीआरसी विधेयकका नाममा नयाँ सत्ता समीकरण बनाउने काम गरेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गुनासो

प्रधानमन्त्रीले टीआरसी विधेयकका नाममा नयाँ सत्ता समीकरण बनाउने काम गरेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गुनासो

२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । आइतबार बिहान महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो रोष प्रकट गरेका हुन् । पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य…
Read More
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनबाट कारण देखाऊ आदेश जारी

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनबाट कारण देखाऊ आदेश जारी

२४ फाल्गुन, काठमाण्डौं - नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । अस्वस्थ प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष नियुक्त भएको दाबीसहित दायर गरेको रिटमा अन्तरिम आदेशसमेत माग गरिएको थियो । रिट निवेदक रामदेव यादवले अध्यक्ष भुपेन्द्र भण्डारीसहित दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सिफारिस समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । बिहीबार न्यायाधीश ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यादव अन्तिम तीनजनाको सूचीमा परेका नदेखिँदा रिटको अन्तिम सुनुवाइमा आवश्यक विषय सम्बोधन हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
Read More
नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने

२४ फाल्गुन, काठमाण्डौं - निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै चौधरी ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो । व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका दोषी हुन् । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका थिए । २०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उनलाई सजाय…
Read More
केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको हो : पुष्पकमल दाहाल

केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको हो : पुष्पकमल दाहाल

२४ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गरेका छन्। बिहीबार संसद्मान उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नभएकोदेखि कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरू सम्मलाई कारणका रूपमा चर्चा गरेका छन् । प्रधानमन्त्री दाहालले भने, 'निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्योछ । गठबन्धनको नैतिकताको कसीमा त्यो…
Read More
राष्ट्रपतिबाट तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपतिबाट तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ

२३ फाल्गुन, काठमाण्डौं - राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए । एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा…
Read More
यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

२३ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजिनकगर्द नयाँ गठबन्धन सरकार लामो समय नटिक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा १९ मिनेटभन्दा लामो भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा फु गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो । म त्यसो भन्दिन । किनकी यो फु पनि गर्नु पर्दैन ।’ कुरा नयाँ गठबन्धन ढलोस् भन्नेमा आफू नरहेको स्पष्टीकरण दिँदै थापाले आफूहरुले राम्रो गरोस् भनेर शुभेच्छा राखे पनि गठबन्धन निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्नै नसक्ने खालको देखिएको टिप्पणी गरेका छन् । ‘यो सरकार आफैँ यसरी बनेको छ…
Read More
१८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन फास्टट्रयाकमा  अगाडि बढाउने एमसीए नेपालको निर्णय

१८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन फास्टट्रयाकमा अगाडि बढाउने एमसीए नेपालको निर्णय

२३ फाल्गुन, काठमाण्डौं - मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा  अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो । तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने  निर्णय गरेको हो । सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र…
Read More
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

२२ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय  गरेको हो । कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो । उनले भने, 'दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । अब कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर बैठक सकियो ।' बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएछपि कांग्रेस सरकारबाट बाहिरिएको हो ।…
Read More
कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले दिए राजीनामा

२२ फाल्गुन,  सुर्खेत - कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । साथै कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।
Read More
सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त

२२ फाल्गुन,  धनगढी - सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । केन्द्रमा कांग्रेस-माओवादी गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search