८ फाल्गुन, काठमाण्डौं - नेकपा एमालेले पार्टीभित्र आर्थिक र नैतिक बन्धन तोड्न खोज्ने आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा नेता कार्यकर्तामा मौलाएको आर्थिक र यौन आचरणका कारण नेता, कार्यकर्ता र समग्र पार्टीलाई नै अलग गर्ने खतरा पैदा भएको भन्दै चिन्ता व्यक्त गरिएको हो । ‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, केन्द्रीय समिति सदस्यहरुलाई वितरण गरेको दस्ताबेजमा भनिएको छ । त्यस्तै…
८ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुनहुँने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् । वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 'कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,' उनले…
८ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन् । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भएको बहुराष्ट्रिय सैनिक अभ्यास कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सैनिक मुख्यालय जंगी अड्डाको खेलकुद मैदानमा उद्घाटन गर्दै प्रधानमन्त्री उक्त कुरा ब्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए । दाहालले भने, ‘संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा…