शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८० चैत्र २७, मंगलवार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

२७ चैत्र, कर्णाली - कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
Read More
सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे कांग्रेसका सांसदहरूले प्रतिनिधिसभामा दर्ता गराए सार्वजनिक महत्तवको प्रस्ताव

सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे कांग्रेसका सांसदहरूले प्रतिनिधिसभामा दर्ता गराए सार्वजनिक महत्तवको प्रस्ताव

२७ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधिसभामा सार्वजनिक महत्तवको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखामा चैत्र २३ मा दर्ता गरेको प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ । धनराज गुरुङ प्रस्तावक  तथा पाण्डे र परियार समर्थक रहेको  सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ, 'सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ । संवत् २०४७…
Read More
राप्रपाको प्रदर्शनमा झडप हुँदा १८ प्रदर्शनकारी घाइते

राप्रपाको प्रदर्शनमा झडप हुँदा १८ प्रदर्शनकारी घाइते

२७ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा १८ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ । त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ…
Read More
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन कांग्रेसको माग : सूचना टाँसेर बुधबार सम्म प्रतिनिधि सभाको बैठक स्थगित

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन कांग्रेसको माग : सूचना टाँसेर बुधबार सम्म प्रतिनिधि सभाको बैठक स्थगित

२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबारको बैठकमा कांग्रेस सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएको लामो समयसम्म पनि पुन: सुरू हुन सकेन। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको उल्लेख गरेका छन्। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको अडान राखिरहेको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले पनि सहकारी प्रकरणमा लाखौं बचतकर्ता ठगिएकोले संसदीय…
Read More
संसदीय छानबिन समितिबाट कांग्रेस पछाडि नहट्ने संसदीय दलको निर्णय

संसदीय छानबिन समितिबाट कांग्रेस पछाडि नहट्ने संसदीय दलको निर्णय

२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ । मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस संसदीय छानबिन समिति बाट पछाडि नहट्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search