Testing period
-महेन्द्र श्रेष्ठ माघ ३, दोलखा । नेकपा एमाले भीमेश्वर नगर ८ नं वडा कमिटीले एक दिवसीय ‘दूरदृष्टिमा आधारित पार्टी कमिटी निर्माण तथा सुदृढिकरण कार्यशाला सम्पन्न गरेको छ । पुस २७ गते बोचमा सम्पन्न भएको कार्यशालामा वडा कमिटीको अवस्था विश्लेषण गरिएको थियो । कमिटीका सबल, कमजोरी, अवसर र चुनौतीहरु पहिचान गरिएको थियो । भव्य अधिवेशन भै पार्टी कमिटी सञ्चालन भैरहनु, पार्टीका क्रियाशिल सदस्यहरु रहनु, विकासका सन्दर्भमा प्रष्ट धारणा हुनु सबल पक्ष पहिचान गरिएको थियो । त्यसै गरी पार्टी कमिटीले गरेका कामहरु प्रचार गर्न नसक्नु, समसामयिक सवालमा सवै पार्टी सदस्यहरुको समान वुझाइ नहुनुलाई कमजोरी रुपमा हेरिएको छ । टोल टोल र घर…
२७, पौष दोलखा । २०७२ सालको आम विनाशकारी भुकम्पले ध्वस्त भएको दोलखाकै पुरानो भीम पुस्तकालयको पूनःर्निर्माण सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर दुई को ऐतिहासिक दोलखा नगरी मा अवस्थित सो पुस्तकालयको पूनर्निर्माण सम्पन्न भए पश्चात शनिवार उद्घाटन गरिएको हो । रुपा फाउन्डेशनद्वारा १५ लाख ५० हजारको लागतमा पुस्तकालय भवनको पूनर्निमार्ण गरिएको भीम पुस्तकालय ब्यवस्थापन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो । शनिवार नवनिर्मित पुस्तकालय भवनको बागमती प्रदेश सभाका सांसद भरतबहादुर केसीले उद्घाटन गर्नु भयो । भवनको उद्घाटन सँगै भीम पुस्तकालय पूनः सञ्चालनमा आएको छ । उद्घाट समारोहमा रुपा फाउन्डेशनका संस्थापक एवं समाजसेवी आत्मकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो…
नेपाली जनताको प्रिय पार्टी नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौं पूर्ण बैठक २०८१ साल पुस १३ र १४ गते सदरमुकाम चरिकोटमा सम्पन्न भयो । नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष क. नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि केन्द्रीय पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इन्चार्ज क. पार्वत गुरूङले सम्बोधन गर्नु भएको थियो । केन्द्रीय सल्लाहकार क. डबल पाण्डे र बागमती प्रदेश कमिटी सदस्यहरूको आतिथ्यता रहेको बैठकमा सहभागीहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठकले पार्टी निर्माणका सवाल तथा विविध समसामयिक विषयमा निर्णय तथा प्रस्तावहरू पारित गरेको छ । बैठकबाट पारित सार्वजनिक महत्त्वका प्रस्तावहरू तपसिल बमोजिमका छन् । १. सम्माननीय प्रधानमन्त्री,…
- महेन्द्र श्रेष्ठ नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन्। महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार, शर्माले चार हजार २८२ मत प्राप्त गरेकी छन्। महासंघको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन्। उनका निकटतम प्रतिस्पर्धी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका छन्। वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन्। उनले चार हजार २३० मत प्राप्त गरे भने निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गरे। उपाध्यक्ष महिलामा नितु पण्डित निर्वाचित भएकी छन्। उनले चार हजार ७०५ मत पाइन्…
२९ मंसिर २०८१, दोलखा । नेपाल पत्रकार महासंघले सात दशकको इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने सम्भावना बलियो भएको छ । मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा जित नजिक पुगेकी छन् । शनिबार बेलुकी ७ बजेसम्मको गणनामा शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । उनले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत प्राप्त गरेका छन् । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । विष्ट भने प्रेस युनियनको विद्रोही हुन् । उनलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थन थियो । महासचिवमा रामप्रसाद दाहाल पनि…
२८ मंसिर २०८१, दोलखा । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ। शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्। यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो । भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले…
दोलखाको गौरिशंकर गाउँपालिकामा हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत अपुष्ट भ्रामक समाचार लेखि नागरीकहरुलाई भ्रम सिर्जना गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट भिमेश्वर नगरपालिकाबाट प्रकाशन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई गौरिशंकर गाउँपालिकाका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रामक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो । निर्वाचनलाई लक्षित गरी विना आधार गतल र अपुष्ट समाचार संप्रेसन गरी नागरीकहरुमा गलत अफवाह फैलाएको र निर्वाचनमा उम्मेदवारको विषयमा निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाग्री तयार पारी भ्रम शिर्जना गरेको प्रेस काउन्सिल नेपालले विज्ञप्तीमा जनाएको छ । स्थानीय तह निर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको…