२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ । बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
दोलखा, २०८१/०५/११ – तिलगंगा आँखा प्रतिष्ठान र दोलखा लाइन्स आँखा केन्द्रले स्थानीय वडा ४ र ५ सहयोगमा २ वाटाका वृद्धवृद्धाहरूका लागि निःशुल्क मोतियाबिन्दु सर्जरी शिविर आयोजना गरेका छन्। यस शिविरको उद्देश्य समुदायका वृद्धजनलाई मोतियाबिन्दुको समस्या समाधान गर्न र दृष्टि सुधारमा मद्दत पुर्याउनु हो। https://www.youtube.com/watch?v=8Aq9sE6-93Q&t=137s
दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरव कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट देखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजार लगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरव र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरव कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ । पौराणिक किंवदन्तीका अनुसार दोलखामा…
काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए । समितिका एक सदस्यका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । ‘कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ, गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने, ‘गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाउँछौं ।’ सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर…
३० चैत्र, काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् । उनले शुक्रवार नयाँ वर्ष २०८१ को शुभकामना दिँदै भनेका छन्, ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ।’ ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका छन्, ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको…
२९ चैत्र, इलाम - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७९ सालको निर्वाचनमा नेकपा (माओवादी) लगायत दलसँग चुनावी गठबन्धन गरेको गलत भएको बताएका छन् । इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चुनावी प्रचारको क्रममा थापाले निर्वाचनअघि नै मतदाता साट्ने गरी गरिने गठबन्धनमा मतदाता निरीह बन्नुपरेको बताए । उनले एमाले–माओवादी गठबन्धनलाई लक्षित गर्दै भने, ‘एउटा पार्टीकाले अर्को पार्टीलाई मत हाल्नुपर्ने परिपाटी गलत छ।’ थापाले देशका ठूला विभिन्न काण्डमा मुछिएका सबै पार्टीका नेतालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘संसद्मा अगाडि बढेको विषय कुनै आग्रह–पूर्वाग्रहले होइन,’ उनले भने, ‘ठूला काण्डमा मुछिएका जोसुकैले सजाय पाउनुपर्छ।’
२८ चैत्र, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको अहिले रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा लागत बढी लाग्ने र विपत्को जोखिम बढी भएको भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा खानेपानी उपलब्ध गराउन आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो। आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ। हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरूपमा सुरक्षित रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी…
२७ चैत्र, काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधिसभामा सार्वजनिक महत्तवको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले प्रतिनिधिसभाको कार्यव्यवस्था महाशाखामा चैत्र २३ मा दर्ता गरेको प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ । धनराज गुरुङ प्रस्तावक तथा पाण्डे र परियार समर्थक रहेको सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ, 'सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ । संवत् २०४७…