शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

फोटोग्राफी

भोटखोलाको यात्रा संस्मरण

भोटखोलाको यात्रा संस्मरण

हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु । ‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये…
Read More
के नेवारहरु उपत्यका बाट लखेटिएका हुन्?

के नेवारहरु उपत्यका बाट लखेटिएका हुन्?

प्राचीन शहर दोलखामा हिले जात्राको पुर्बसंध्यामा लाखे नृत्य आफ्नो उत्कर्षमा थियो शंखद्वनी मिडियाका युबा सम्पादक महेन्द्र श्रेष्ठले खबर प्रेषित गर्नु भयो – “प्राचीन शहर दोलखामा लाखे नृत्य देखाइयो । उपत्यकाबाट लखेटिएका  नेवारहरुले आफु जहाँ जहा पुगे त्याहाँ त्याहाँ लाखे नृत्य देखाउने गरेका छन्।“ जुन शहर / बजारका नेवारहरुले लाखे देखाउने गरेका कुरामा दुइ मत छैन तर  “लखेटिएका” भन्ने कुरामा कमसेकम दोलखा शहरका नेवारहरुका बारेमा मलाइ उहाँको कुरामा चित्त बुझेन । किनकि दोलखा राज्य मध्यकालमा नेवारहरु को चार राज्य – ललितपुर, भक्तपुर,  काठमाण्डौ र दोलखा मध्य एक थियो र उपत्यकाका राज्यहरुको समक्षीक थियो जुन कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले (नेपालको सांस्कृतिक परम्परा) स्पस्ट संग लेख्नु भएकोछ।…
Read More
सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान

७ कार्तिक, दोलखा । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् । गत असोज १२ को बाढीले बगाएको पुल नेपाली सेनाले उक्त पुल बेलीबिडीज २१ दिन भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।
Read More
दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

 – प्रा.ड़ा. श्याम जोशी ०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु  बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् ।  केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ । दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले…
Read More
मौसमः पहाडि क्षेत्रका केही स्थानहरूमा वर्षा हुने

मौसमः पहाडि क्षेत्रका केही स्थानहरूमा वर्षा हुने

१ कात्तिक २०८१, दोलखा । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायु बागमती, कोशी तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार मधेशका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।त्यसैगरी गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Read More
चुडामणि स्तम्भ (चुल्काप्सीँ) सिन्धुलीबाट दोलखा भीमेश्वर सम्मको यात्रा

चुडामणि स्तम्भ (चुल्काप्सीँ) सिन्धुलीबाट दोलखा भीमेश्वर सम्मको यात्रा

-भरत बहादुर श्रेष्ठ (दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिको अध्यक्ष) https://youtu.be/BP3p-uwGYfQ दोलखा । मन्दिर पछाडी रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामाणी स्तम्भ) ठड्याइएको छ । यो चुडामणीको महिमा ठुलो छ । भीमसेनलाई इश्वरको रुपमा रुद्री गरीन्छ, भीमनारायणको रुपमा राज पुजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा मेष बली पनि दिइन्छ, यो भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पुजा गरिने भएकोले यो चुडामणी स्तम्भ स्थापना गरिएको पाईन्छ । मेषबली दिदा भीमेश्वर शिलामा विशेष मुकुट (भगवतीको मुकुट) पहि¥याइ सेतो खाताले (सेतो कपडा) ले बेह्री चुडामणीमा लगेर बाँधिन्छ अनिमात्र मेष बली दिइन्छ । त्यसै…
Read More
आजदेखि सरकारीसहितका कार्यालयहरू खुल्दै

आजदेखि सरकारीसहितका कार्यालयहरू खुल्दै

२९ असोज २०८१, दोलखा । दशैंको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमासम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ। यस वर्ष असोज ३० गते अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।…
Read More
ऐतिहासिक शहर दोलखामा खड्ग जात्रा मनाइयो

ऐतिहासिक शहर दोलखामा खड्ग जात्रा मनाइयो

-महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक)  विजया दशमीको भोलिपल्ट बुधबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै खड्ग जात्रा मनाईएको छ । https://youtu.be/Zd-3_fEojuE मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाईएको हो । आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढेको रोचक दृष्य र प्राचीन युद्धको कलाकौशल हेर्न बाक्लै चहलपहल थियो । दशमीको भोलिपल्ट खड्ग जात्राको अवलोकन गरेर दर्शन गरेमा फलिफाप हुने जनविश्वास रहेको स्थानीय बताउँछन् ।   जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा…
Read More
कन्य केटा बाट तिन धारामा चोखो पानी थापियो।  (राइती-महाअष्टमी (नखतः))

कन्य केटा बाट तिन धारामा चोखो पानी थापियो। (राइती-महाअष्टमी (नखतः))

-भरत बहादुर श्रेष्ठ/महेन्द्र श्रेष्ठ २४ असोज २०८१, दोलखा ।महाअष्टमीलाई दोलखा भाषामा नखतः भन्ने गरिन्छ । विहानै राइतीमा ब्राह्मण, देवीकोटको पुजारी, डमरु, लगायत अन्य कुल्याणको थाकतीहरु बाजागाजा सहित जम्मा हुन्छन् । कन्यकेटा (बर्तवन्ध नगरेको) बालकलाई सिङ्गार पटार गरेर ल्याएको हुन्छ । त्रिपुरासुन्दरीका पुजारी र ब्राह्मणले र राइती धारामाथी विशेष पूजा आजा गरिसकेपछि कन्यकेटालाई एक तिर पुजारीले अर्कोतिर डमरुले समातेर चोखो पानी थाप्न लगाउछन् । त्यस पछि सबैले थाप्ने गर्दछन् । सबै आ–आफ्नो कुल्याणमा फर्कन्छन् भने देवीकोटको पुजारी र डमरुले कन्यकेटालाई दुवैतिर समातेर देवीकोट तिर बाजागाजाका साथ जान्छन् । त्यस पछि सदाझैँ सम्पूर्ण देवस्थल तथा कुल्याणहरुमा बाजा बजाइन्छ । यस दिन दोलखाका…
Read More
जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

जुत्ता नभएको केटो ( सत्य घटनामा आधारित लघुकथा )

                  -प्रा. डा. श्याम  जोशी दसैं त्यसै पनि रमाइलो चाड हो। त्यस्माथी दिनहुँ मासु खान पाइने र नयाँ लुगा लगाउन पाइने भएकोले बाल्यकालमा राम लगायत दोलखा सहरका केटाकेटीहरूलाई  दसैंको व्यग्र प्रतीक्षा ह्न्थ्यो।उस्बेला चाडपर्व बाहेक अरु बेला मासु पाइदैन थियो।लुगा पनि भए सम्म पुरानै टालेर लगाउने चलन थियो।त्यसैले केटाकेटीहरु लाई त रोमान्चक हुन्थ्यो दसैं शब्द नै पनि। रामको बुबा तानसेनमा कार्यरत हुनुहुँदा भारतको नौतनवा बजार बाट लुगा किनेर पठाइ दिनु हुन्थ्यो। उनले छाँट परेको राम्रो लुगा अरुको आँखा लाग्ने गरि लगाउँथ्यो ।बुबा सेवानिवृत्त हुनु भए पछि गाउँको  बजार मै किन्नु पर्ने भयो ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search