शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सामाजिक सञ्जाल

डोल्पा यात्रा संस्मरण

डोल्पा यात्रा संस्मरण

नेपालको सवैभन्दा सानो जिल्ला भक्तपुर हो भने सबै ठुलो कुन हो ? हाजिरजवाफमा सामाना गरिराखेको प्रश्न हो । त्यो विशाल जिल्ला पुग्न पाएत भन्ने लागेको थियो । नभन्दै २०६३ सालमा त्यो अवसर पनि मिल्यो ।असार महिना थियो । नेपालको राजधानीबाट हवाइजहाजबाट नेपालगंज पुग्यें । एक रात त्यही वास वसें । भोलिपल्ट हंशवहादुर शाहीले समन्वय गरी व्यवस्था गरेको अर्को हवाइजहाज चढि डोल्पाको जुफालमा रहेको विमानस्थलमा झरेको थिएँ ।ठुलो जिल्ला, ठिन्लेको जिल्ला, शेफोक्सुन्डो ताल भएको जिल्ला, सशस्त्र युद्दमा सवैभन्दा पहिला ध्वस्त भएको सदरमुकाम रहेको जिल्ला,  यार्शागुम्बा धेर पाउने जिल्लाको उपमा पाएको डोल्पा पुग्न संभवत सवैको रहर हुन सक्छ । डरलाग्दो विमानस्थल जुफाल…
Read More
वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

वडाध्यक्ष बासु श्रेष्ठले उदाहरणीय काम गरे।

२२ मंसिर २०८१, दोलखा । भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले प्राप्त गर्ने मासिक तलब भत्ताबाट बालबालिकाको स्वास्थ्य उपचार शुरु गर्नुभएको छ । विहिबार वडा भित्रका सामुदायिक र संस्थागत विद्यालय पढ्ने उमेर समूहका बालबालिकाकाको आँखा,दाँत परीक्षण ,फिजियो थेरापी र रक्त समूह परीक्षण कार्यक्रमको सुरूवात गर्नु भएको हो । भीमेश्वर नगरपालिका वडा ५ का वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएकोे शिविर उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिका उपमेयर कमला वस्नेत,नेपाल रेडक्रश सोसाइटी पीपलबोट उपशाखा सभापति राजन श्रेष्ठ, समाजसेवी कृष्ण बहादुर कार्की, वडा सदस्य बालकृष्ण कुँवर, बुढाभीमसेन माध्यमिक विद्यालयका शिक्षक राजु नेपाली लगायतले…
Read More
भोटखोलाको यात्रा संस्मरण

भोटखोलाको यात्रा संस्मरण

हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु । ‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये…
Read More
जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने  छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र चीनबीच भएको टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन्। यसैगरी…
Read More
स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
Read More
दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

दोलखाको भीमेश्वर मन्दिरमा घण्टा

 – प्रा.ड़ा. श्याम जोशी ०६ कार्तिक, दोलखा । घन्टाको इतिहास धेरै पुरानो भए पनि दोलखामा भने ठुला घण्टाहरु  बि. सं. १९०० पछी मात्र स्थापना गरिएको देखिन्छ । भीमेश्वर स्थानमा घण्टा प्रतिस्थापन गर्नेका सन्तानहरुले हाल आएर उसबेलाका झिर्ण घण्टाहरुको स्थानमा नयाँ घण्टा राखेर आफ्ना पुर्खाका पुन्य कामलाइ चिरस्थाई गरेका छन् ।  केहि बर्ष अघि कर्नेल फ़ौदसिंह क्षेत्रीका सन्तानले यो काम गरेका थिए भने हाल चंद्रबिर बसन्यात क्षेत्रीका सन्तानले गरेका छन् । उहाँहरुको कामले अरुहरुलाई पनि अवश्य प्रेरणा दिने छ । दोलखाको प्रशिद्द भीमेश्वरको शिलारुपी मुर्तिको दायाँ, बायाँ र अघिल्तिर भक्तजनहरुले चढाएका साना घन्टीहरु झुण्डाइएका छन् । भिमेश्वरको मुर्तिमा ढोग्नु अघि धेरैजसोले…
Read More
प्राचिन नगर दोलखामा आज फुलपाती मनाइदै

प्राचिन नगर दोलखामा आज फुलपाती मनाइदै

२३ आश्विन २०८१, दोलखा । घटस्थापनाको सातौ दिन अथवा सप्तमीको दिन दोलखा नेवार समुदायहरुले धुमधामका साथ फुलपाती चाड मनाउँछन् । टोल टोलमा चाड मनाउन आ–आफ्नो घरमा दशैँ अवधि सम्म पुग्ने गरी मासु भित्र्याइन्छ । मासु भित्र्याउँदा पहिला पहिला मुल ढोका अगाडी विधिवत पूजा गरेर भित्र्याइन्थ्यो । तर आजभोली यो चलन हाराइ सकेको छ । त्यस पछि नेवारी समाजका प्रन्येक घर–घरमा मासुका अनेक परिकारहरू बनाइ सबै परिवार जम्मा भएर रमाइलोका साथ भोज खाने परम्परा रही आएको छ । यसै दिनको शुभ साइतमा राजकुलेश्वर तलेजु मन्दिरमा फुलपाती भित्र्याउने गरिछ । फूलपाती भित्र्याउन राजकुल/तलेजु मन्दिरबाट भीमेश्वर मन्दिरमा पुरोहित ब्राह्मण, गुठीयार, थाकती, नकिन बाजागाजा…
Read More
प्र.अ. पनि पियन पनि

प्र.अ. पनि पियन पनि

२०८१-०५-२८, दोलखा ।  आज चलचित्र " नाङ्गो गाउँ " हेरेपछी मलाई एउटा पुरानो कुराको याद आयो।  एसएलसि उतिर्ण गरेपछी आइए पढ्ने नपढ्ने द्विविधामा थिए।  त्यतिकै किन बस्नु भनेर भीम माध्यमि विद्यालयमा पढाउन थालेको थिए। प्रअ भिमदल राई एक्कासि भागेर मेलुङ गएपछि स्वयम् सेवक शिक्षक स्व. माधबमणि राजभण्डारी प्र.अ. हुनु भएको थियो।  म भर्खरै १६ बर्ष लागेको थिए र मेरो बुबा संचालक समितिको सदस्य हुनुहुन्थ्यो। २०२४-१-२४ देखि प्र.अ. माधबमणि मलाइ लिखित रुपमा निमित्त प्र.अ. भएर काम गर्नु भन्ने पत्र दिएर काठमाडौं जानु भयो। नाङ्गो गाउँमा बेलामा तलब दिन नसकेर कुचिकार नआएर एक शिक्षकले सौचालय सफा गर्नु परेको देखाएको छ। यस्तै स्थिती…
Read More
भीमेश्वर नगरपालिका वडा नं २ मा तिज विशेष कार्यक्रम भव्य तरवले मनाईयो ।

भीमेश्वर नगरपालिका वडा नं २ मा तिज विशेष कार्यक्रम भव्य तरवले मनाईयो ।

२०८१ भाद्र १९, दोलखा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा भीमेश्वर नगरपालिका वडा नं २ ले  अन्तरसंवाद संगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ ।  बुधबार दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठले  बताउनुभयो । भीमेश्वर नगरपालिका मेयर इश्वर मानन्धर, उप-मेयर कमला बस्नेत, वडा अध्यक्ष स्टालिन श्रेष्ठ, अखिल नेपाल महिला संघ अध्यक्ष मेनुका सुबरी, नगरका प्रशासकीय प्रमुख अधिकृत  बिशकसेन ढकाल, महिला शाखा अधिकुत सुरूजा दाहाल, कृषि शाखा अधिकृत राधिका बुढाथाेकि, स्थायी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेतले …
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search