प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो । प्रधानमन्त्री ओली अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले…
२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
काठमाण्डौ समाचारदाता २५ कात्तिक, दोलखा । स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । भ्यालेन्सियाका मेयर मारिया जोस क्याटालाले प्रदर्शनबाट भएको क्षति देखाउँदै यस्तो बर्बरताले समाधानको बाटो नदेखाउने प्रतिक्रिया दिएकी छन् भने भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ । अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २००…
- महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) कात्तिक १९,दाेलखा । धान बाली भित्र्याउने समयमा झरी परेपछि दाेलखाकाे किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् । धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् । जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो । चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने…
तिहारका बेला दोलखामा राति देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक सुचना सार्वजनिक गर्दै राति १० बजेपछि देउसी भैलो खेल्न नपाउने निर्णय गरेको हो। दीपावली पर्व मनाउने क्रममा भूईचम्पा, पटाका, आतिसवाजी जस्ता प्रज्वलशील पदार्थहरु उत्पादन, ओसापसार, विक्री वितरण र प्रयोग नगर्नु भनेको छ। मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्य नगर्न, जुवातास, कौडा, गोटी तथा लङगुरबुर्जा जस्ता जुवाजन्य खेल नखेल्न पनि प्रशासनले आग्रह गरेको छ। त्यस्तै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी कोही कसैले सुचना विपरित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने नि.प्रमुख…
-काठमाण्डौ समाचारदाता प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभएको छ । नेकपा एमाले निकट उद्योगी ब्यापारीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अवधारणापत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीले पनि उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले संगठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने बताउनुभयो । महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । एमालेको जनसंगठन रहेको महासंघका संयोजक भगीरथ सापकोटा र महासचिव बालकृष्ण शिवाकोटीसहितको प्रतिनिधिमण्डलले…
१० कांर्तिक, दोलखा । भिमेश्रर नगरपालिका वडा नं-२, त्रिपुरा सुन्दरी मार्ग, दुङ्गलमा कार्यालय रहेको त्रिपुरा महिला सहकारी संस्था लि.को २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोममैया श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री स्टालिन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथि भीमेश्वर नगरपालिकाका सहकारी विभाग अधिकृत श्री नारायण शेढाइ, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक श्री यशोदा पौडेल, जिल्ला सहकारी संघ लि. दोलखाका उपाध्यक्ष श्री कृष्ण प्रसाद दहाल तथा भीमेश्वर बचत तथा ऋणका सहकारी संस्थाका अध्यक्ष श्री रमेश कुमार चाकुबजी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । आज साधारणसभामा संस्थाका अध्यक्ष…
दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको छ । फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ । डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो । फोरमले दोलखामा…
७ कार्तिक, दोलखा । सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायत मन्त्री देवेन्द्र दाहाल बेलिब्रिज निर्माण कार्यमा संग्लन नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका हुन् । गत असोज १२ को बाढीले बगाएको पुल नेपाली सेनाले उक्त पुल बेलीबिडीज २१ दिन भन्दा पनि कम समयमा निर्माण सम्पन्न गरेको थियो । सो पुल आजदेखि पुर्णरुपमा संचालनमा आएको छ ।