प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो । प्रधानमन्त्री ओली अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले…
प्राचीन शहर दोलखामा हिले जात्राको पुर्बसंध्यामा लाखे नृत्य आफ्नो उत्कर्षमा थियो शंखद्वनी मिडियाका युबा सम्पादक महेन्द्र श्रेष्ठले खबर प्रेषित गर्नु भयो – “प्राचीन शहर दोलखामा लाखे नृत्य देखाइयो । उपत्यकाबाट लखेटिएका नेवारहरुले आफु जहाँ जहा पुगे त्याहाँ त्याहाँ लाखे नृत्य देखाउने गरेका छन्।“ जुन शहर / बजारका नेवारहरुले लाखे देखाउने गरेका कुरामा दुइ मत छैन तर “लखेटिएका” भन्ने कुरामा कमसेकम दोलखा शहरका नेवारहरुका बारेमा मलाइ उहाँको कुरामा चित्त बुझेन । किनकि दोलखा राज्य मध्यकालमा नेवारहरु को चार राज्य – ललितपुर, भक्तपुर, काठमाण्डौ र दोलखा मध्य एक थियो र उपत्यकाका राज्यहरुको समक्षीक थियो जुन कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले (नेपालको सांस्कृतिक परम्परा) स्पस्ट संग लेख्नु भएकोछ।…
२८ कार्तिक, दोलखा । दोलखाको तामाकोशी नदीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २३ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब ११ बजेर तामाकोशी नदी स्थित घाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
कार्तिक २७, २०८१ शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ।…
-काठमाण्डौ समाचारदाता २५ कात्तिक, दोलखा । सनेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ५०० घटाएर १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।
काठमाण्डौ समाचारदाता २५ कात्तिक, दोलखा । स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । भ्यालेन्सियाका मेयर मारिया जोस क्याटालाले प्रदर्शनबाट भएको क्षति देखाउँदै यस्तो बर्बरताले समाधानको बाटो नदेखाउने प्रतिक्रिया दिएकी छन् भने भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको छ । अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीमा २००…
-जनकपुर समाचारदाता जलेश्वर (महोत्तरी), २० कार्तिक- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको…
- महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) कात्तिक १९,दाेलखा । धान बाली भित्र्याउने समयमा झरी परेपछि दाेलखाकाे किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् । धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् । जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो । चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने…
१९ कार्तिक, दोलखा । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने छैनन्। सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ। तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन्। अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन। २०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो। पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते…
कार्तिक १६ गते २०८१ – नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा…