शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

समाचार

हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको निर्णय प्रदेश संसदीय दलले अस्वीकार गर्ने

हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको निर्णय प्रदेश संसदीय दलले अस्वीकार गर्ने

१४ चैत्र, धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै राख्ने भएको छ । संस्थापक केन्द्रीय समितिको बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे सँगै प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताए । उनले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने जनकारी दिए । ‘पार्टीका संरक्षक बिना बसेको अल्पमतको बैठकले गरेको निर्णय कसरी मान्ने ?’, चौधरीले भने, ‘उहाँ (रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले दिए राजीनामा

१४ चैत्र, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वडीआईजी रमेश खरेलले राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले बुधबारबाट लागू हुने गरी जवाफको सट्टा राजीनामा पठाएका हुन् । एक टेलिभिजनमा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए ।  यसैबारेमा उनलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको हो । यसअघि खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए। खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग…
Read More
लोडसेडिङ हुन लागेको हल्ला सही होइन : मन्त्री शक्तिबहादुर बस्नेत

लोडसेडिङ हुन लागेको हल्ला सही होइन : मन्त्री शक्तिबहादुर बस्नेत

१४ चैत्र, काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै बस्नेतले मिडियामा समाचारहरू आएअनुसारको समस्या नभएको दाबी गरे । उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको…
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक लाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक लाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

१३ चैत्र, काठमाण्डौं - सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक लाई रिहा गर्न आदेश दिएको छ । यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ मा सर्वोच्च प्रवेश गर्ने क्रममा पक्राउ परेका प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाल लाई तत्काल थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, 'हतियार इजाजतपत्रको सर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरूरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको समेतको अनुसन्धान तहकिकातको कार्य…
Read More
बागमती प्रदेशमा जम्कट्टेलको सत्ता समस्यामा

बागमती प्रदेशमा जम्कट्टेलको सत्ता समस्यामा

१३ चैत्र, हेटौंडा - हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको छ । हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले चैत ९ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि मंगलबार मात्र पत्र दर्ता गरेका हुन् । उनले इमेलमार्फत पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यस दलले मुख्यमन्त्रीको कार्यालयलाई पठाएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा र वाग्मती प्रदेश सभा सचिवालय हेटौंडालाई समेत बोधार्थ जानकारी दिएको छ । हानेपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर पार्टी (नेमकिपा) मध्ये एकको…
Read More
देशमा नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको छ : सांसद तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

देशमा नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको छ : सांसद तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

१३ चैत्र, काठमाण्डौं - सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशले कांग्रेसलाई आफैँ सत्तामा पुर्याउने उल्लेख गरे । “कांग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ कांग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्याउँछ । अहिलेको यो गठबन्धन चिरन्जिवी हुँदैन । उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन्,” उनले भने । कार्यक्रममा नेता पौडेलले कांग्रेस सरकारमा गए जनताको के के काम गर्ने भनेर ‘ब्लु प्रिन्ट’ तयार गर्न लागि पर्नुपर्ने धारणा ब्यक्त गरे । उनले देशमा सत्ता केन्द्रित राजनीति मौलाएको…
Read More
स्पट फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरले पाए सफाइ

स्पट फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरले पाए सफाइ

१२ चैत्र, काठमाडौं - नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप लागेका क्रिकेट खेलाडी र व्यवस्थापकविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको हो । अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी-२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो। जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो। नवीन कँडेल र रवि माझी फरार थिए। उनीहरू तीन जनालाई अदालतले गत वर्ष…
Read More
दुर्गा प्रसाईंको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत्र, काठमाडौं - झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्। आशयपत्र पाएर सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बी एन्ड सीका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्चको फैसलासँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ ।
Read More
देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

१२ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । दाहालले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे । सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए । 'कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन', प्रधानमन्त्री दाहालले भने । नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । 'राजनीति र प्रशासक सरकारका अभिन्न अंग हुन्', प्रधानमन्त्रीले भने,…
Read More
नेकपा एमालेले लगायो उपनिर्वाचनमा उम्मेदवारको टुंगो

नेकपा एमालेले लगायो उपनिर्वाचनमा उम्मेदवारको टुंगो

११ चैत्र, काठमाडौं - नेकपा एमालेले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार टुंगो लगायको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र रिक्त बनेको थियो । एमालेले स्वर्गीय नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search