शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

राजनीति

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक

- महेन्द्र श्रेष्ठ स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ। नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्। यी हुन् कांग्रेसले जितेका स्थानहरू नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ। त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले…
Read More
प्रधानमन्त्री ओलीले मंसिर १७ गते देखि चीन भ्रमण गर्ने

प्रधानमन्त्री ओलीले मंसिर १७ गते देखि चीन भ्रमण गर्ने

१४ मंसिर २०८१, दोलखा । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ। बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए। निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए। न्युनतम संख्यामै जान लागिएको बताए। भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको बताए। उनले भने,  ‘प्रधानमन्त्रीज्युको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ। एजेण्डाको बारेमा थप छलफल भइरहेको छ।’…
Read More
अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको प्रधानमन्त्री ओलीको जनाऊ

अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको प्रधानमन्त्री ओलीको जनाऊ

-काठमाण्डौ समाचारदाता प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र सुधारका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिनुभएको छ ।       नेकपा एमाले निकट उद्योगी ब्यापारीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको अवधारणापत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीले पनि उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले संगठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने बताउनुभयो । महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ । एमालेको जनसंगठन रहेको महासंघका संयोजक भगीरथ सापकोटा र महासचिव बालकृष्ण शिवाकोटीसहितको प्रतिनिधिमण्डलले…
Read More
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन्। बुधबार जिल्लाको प्रस्तावित फिल्म सिटी डाङडुङे डाँडामा सम्पन्न तेश्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिती चयन गरेको हो ।
Read More
नेपालबाट गणतन्त्र फ्याँक्न दोलखा भीमेश्वरमा दुर्गा प्रसाँईद्वारा क्षमा पूजा । अर्को व्यवस्थाको लागि कसम खानु भयाे ।

नेपालबाट गणतन्त्र फ्याँक्न दोलखा भीमेश्वरमा दुर्गा प्रसाँईद्वारा क्षमा पूजा । अर्को व्यवस्थाको लागि कसम खानु भयाे ।

  https://www.youtube.com/watch?v=PlsLqV2ipuk
Read More
राप्रपाको प्रदर्शनमा झडप हुँदा १८ प्रदर्शनकारी घाइते

राप्रपाको प्रदर्शनमा झडप हुँदा १८ प्रदर्शनकारी घाइते

२७ चैत्र, काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा १८ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाले जानकारी दिएको छ । त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा प्रदर्शन भएको थियो । सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित प्रदर्शन गरिएको राप्रपाको भनाइ छ…
Read More
संसदीय छानबिन समितिबाट कांग्रेस पछाडि नहट्ने संसदीय दलको निर्णय

संसदीय छानबिन समितिबाट कांग्रेस पछाडि नहट्ने संसदीय दलको निर्णय

२७ चैत्र, काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ । मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस संसदीय छानबिन समिति बाट पछाडि नहट्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए । संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ। नेपाली कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले…
Read More
प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखले राखेको  छलफल बिना निष्कर्ष टुङ्गियो

प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखले राखेको छलफल बिना निष्कर्ष टुङ्गियो

२६ चैत्र, काठमाडौं - सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग राखेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । कांग्रेसले निरन्तर सदनमा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताका विषय राख्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका सभामुख घिमिरेले आइतबार सदनमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका प्रमुख नेताहरूलाई छलफलमा बोलाएका थिए । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि लागेको सहकारीको रकम अपचलन गरेको सम्बन्धी आरोप छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने र सत्ता पक्छले नबनाउने अडान कायम राखेपछी छलफल बिना निष्कर्ष टुङ्गिएको हो । छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका…
Read More
प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा ३२ जनाको मनोनयन दर्ता

२४ चैत्र, काठमाडौं - प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएसँगै ३२ जनाको मनोनयन दर्ता भएको छ । आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् भने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ । 'प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु…
Read More
उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने केपी शर्मा ओलीको विश्वास

उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने केपी शर्मा ओलीको विश्वास

१७ चैत्र, काठमाडौं -  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले उपनिर्वाचनमा काँग्रेसलाई जिताउन नमिल्ने भन्दै ‌एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम- २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने तर्क ब्यक्त गरे । साथै उनले यस उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी पनि गरे । २०७९ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतलाई स्मरण गर्दै ओलीले आगामी उपनिर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search