१० चैत्र, काठमाडौं - रूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ। मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा गएराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो। उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए। गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ। गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ। घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पुर्याइएको…
१७ पौष, काठमाण्डौं - जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ । एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ ।…
५ पुस, काठमाण्डौं - इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् । यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको प्यालेस्टाइनले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा…
२ पुस, काठमाण्डौं - आइतबार पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले भर्चुअल जलसा (र्याली) आयोजना गरेका छन् । पाकिस्तान सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरिदिए पनि आइतबार एसिया, युरोप र अमेरिकासहित विश्वभरका समर्थकहरूले भर्चुअल जलसा (र्याली) आयोजना गरेका हुन् । खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले आसन्न चुनावसम्बन्धी सार्वजनिक भेलामा सरकारले आफ्ना कार्यकर्तालाई अवरोध पुर्याएको विरोधमा ‘भर्चुअल पावर शो’ आयोजना गरेको जनाएको छ । डिजिटल अधिकार, साइबर सुरक्षा र सुशासन प्रवर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट नियमन संस्था, नेटब्लक्सले पाकिस्तानको इन्टरनेट सेवा अवरुद्ध भएकोबारे पुष्टि गरेको छ । स्थानीय प्रयोगकर्ताहरूले पनि लाहोर, कराची र इस्लामाबादमा…
२ पुस, सोल - सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको सङ्ख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई…
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
१२ मङ्सिर, गाजा । कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ । सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरुबीच थप दुई दिन युद्बबिराम लम्बाउने सहमति भएको जानकारी दिएका छन । ‘कतार राज्य यो घोषणा गर्दछ कि हाल चलिरहेको युद्दको मध्यस्थताको एक भागको रूपमा गाजा पट्टीमा मानवीय युद्धविराम थप दुई दिनको लागी लम्ब्याउन एक सम्झौता भएको छ,’ प्रवक्ता माजिद अल अन्सारी ट्विटरमा पोस्ट गर्दै भनेका छन । जसको मतलब कम्तिमा पनि १० इजरायली बन्धकहरूलाई मंगलबार र अर्को १० लाई बुधबार रिहा गरिनेछ। यससँगै इजरायलले हरेक दिन ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने टाइम्स अफ इजरायलले उल्लेख…
मंसिर ११, सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् । सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् । जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ। अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ। सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो। अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३०…
मंसिर ११, बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको…
मंसिर १०, गाजा । हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ। शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि इजरायल र हमासबीच सम्झौता भए अनुसार काम नभएको हमासको आरोप छ । टाइम्स अफ इजरायलका अनुसार हमास नेता इस्माइल हनियाहका वरिष्ठ राजनीतिक सल्लाहकार ताहेर अल नोनोले इजरायलले अस्थायी युद्धविरामको सर्तहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले मानवीय सहायता र प्यालेस्टिनी कैदीहरूको रिहाइसँग सम्बन्धित धाराहरू पालना नगरिएको दाबी गरे। अल नोनोका अनुसार इजरायलले उत्तरी गाजा पट्टीमा सहायता वितरणको पालना गरेका छैनन, जहाँ द्वन्द्व सबैभन्दा तीव्र छ। उनले प्यालेस्टिनी…