हामी सदरमुकाम आसपास वस्नेहरुलाई सडक नपुगेको गाउँपालिका छैनन् होला जस्तो लाग्न सक्दछ । तर अझै धेरै वटा स्थानीय तहको केन्द्रमा हिउँद वर्षाक नैं गाडी चल्न सक्ने अवस्था छैन । त्यस मध्येको एक कोशी प्रदेश संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका पनि हो । मैले संखुवासभा जिल्ला टेक्ने मौका पाएको थिइन । २०८१ सालको बडा दशैं र तिहारको विचमा त्यता जाने मौका मिल्यो । त्यहि सेरोफेरोमा रहेर यो यात्रा संस्मरण लेख्ने कोशिस गरेको छु । ‘भोटखोला’ नामले नैं उत्तरी क्षेत्र तिव्बतसँग जोडिएको होला भन्न पनि सकिएला । भोटबाट आएकाहरुको बसोबासको क्षेत्र होला भन्ने कुरा पनि मनमा आउन सक्छ । नेपालमा रहेका ७५३ पालिका मध्ये…
२१ मंसिर २०८१, दोलखा । त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुन्छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर,…
बडादशैंपछि नेपाली जनताको दोस्रो ठूलो चाड तिहारलाई दीपावली पनि भनिन्छ, जसको शाब्दिक अर्थ ‘बत्तीका पङ्क्ति’ हो। यो पर्व कार्तिक (नोभेम्बर) मा पर्छ। दीपावली शब्द दुई सरल शब्दहरूबाट बनेको हो, 'दीपा' जसको अर्थ उज्यालो र 'अवली' भनेको पङ्क्ति हो। यसरी, दीपावली शब्दको अर्थ बत्तीहरूको पङ्क्ति हो। यसकारण यस पर्वमा मानिसहरूले आफ्नो घर अगाडि बत्ती बाल्छन्। नेपालका सबै परम्परागत चाडहरूमा तिहार सबैभन्दा रमाइलो हुन्छ। इतिहासकार डेनिसन रोस्का अनुसार घर र पसलमा बत्ती बाल्ने प्रचलन भनेको उज्यालो र सरसफाइमा मन पराउने धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने हो । यस पर्वको उत्पत्तिको बारेमा धेरै किंवदन्तीहरू छन्। एक किंवदन्ती अनुसार यो पर्व राजा महाबलीको…
डा. श्याम जोशी बडादशैं अस्टमिको दिन थियो। बिहानै अष्टमानले आफ्नी श्रीमतीलाई बिस्तारै भने -” दशै लाई १/२ धार्नी मासु लिनु पर्ने, धेरै लाई भनी सकें , उधारो कसैले दिन मान्दैनन् ।आफू संग एक पैसा पनि छैन ।चाडपर्व आएको गरिबको लागि दशानै हो”। पतिको कुरा सुने पछि पत्नी धनमायाले भनिन – “दशैमा अरुले खाएको देखे पछि केटाकेटीहरूले मन थाम्न सक्तैनन।नयाँ लुगा हाली दिन नसके पनि अलि अलि भयनी मासु खुवाएर चित्त बुझाउनु पर्छ । १/२ धार्नी मासु जो संग भय पनि लिआउनुस, पछि पछि आफूले नखाएर भए पनि चिउरा, चामल बेची तिरी दिउंला”। उनीहरुका दुई जना छोरा र दुई जना छोरी…
काठमाडौंको चन्द्रागिरी नगरपालिकाको धार्मिकस्थल मत्स्छेनारायण मन्दिरमा आयोजना भएको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ऐतिहासिक,धार्मिक, साँस्कृतिक एवम् सम्पदा वस्तिको रुपमा रहेको भीमेश्वर नगरपालिकाको वडा नं २ को दोलखा बजार अर्थात द्वाल्खा बजारबाट वडा नं २ को संयोजनमा र वाराणशी सहयोगी हातहरुको ब्यवस्थापनमा वडाध्यक्ष स्टालिन श्रेष्ठ ज्यूको नेतृत्वमा आफ्नो मौलिक साँस्कृतिक परम्परा बोकेको विभिन्न किसिमको लाखे सफल रुपमा प्रदर्शन गरी आफ्नो मौलिक परम्परा र संस्कृतिको परिचय दिने कार्य गरेकोमा सबैलाई धन्यवाद दिदै र वडाध्यक्षज्यू बाट आगामी वर्ष २०८२मा द्वाल्खामा राष्ट्रव्यापी वृहत् लाखे नाच प्रदर्शनीको उदघोष गर्नुभएकोमा र पुर्व वडाध्यक्ष विराज श्रेष्ठबाट द्वाल्खाको लाखे नाचको परिचय र मौलिक विशेषताको बारेमा उजागर गर्नुभएकोमा विशेष धन्यवादका…
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।